Butwal Today

कतारमा रामेछापका पत्रकार दर्नाललाई १० हजारसहित सम्मान

२७ पुष २०८२, आइतबार
अ+
अ-

कतार,२७ पुस । 

वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कतारमा रहेका रामेछापका पत्रकार प्रकाश दर्नाल “शीतल” सम्मानित भएका छन् ।

शुक्रबार गोरखाली रेष्टुरेन्टमा सम्पन्न भोजपुर एकता समाज कतारको प्रथम अधिवेशन मार्फत दर्नाल नगद रु १० हजार सहित सम्मानित भएका हुन् ।

लामो समयदेखि कतारमा रहेर सामाजिक गतिविधि, तथा कतारमा रहेका नेपाली समुदायका सकारात्मक गतिविधिलाई पत्रकारितामार्फत उजागर गर्दै आएका र उनको योगदानको कदर गर्दै एकता समाजले दर्नाललाई नगद सहित दोसल्ला ओढाएर सम्मान पत्रले सम्मानित गरिएको हो।

सम्मानपछि दर्नालले बुटवल टुडे सगंको सवाँदमा यो सम्मानले अझ जिम्मेवार भएर समाजप्रति प्रतिबद्धताका साथ सामुदायिक  पत्रकारिता गर्न थप प्रेरणा मिलेको बताउँछन् ।

समाजले दिएको माया र सम्मानप्रति उनले हार्दिक आभार समेत व्यक्त गरेका छन् ।

नेपालमा स्थानीय रेडियो मार्फत पत्रकारिताको शुभारम्भ गरेको बताउने दर्नालले कतारमा  सन् २०१९ देखि पत्रकारिता सुरु गरेका थिए ।

अनलाइन पोर्टल सञ्चार डबली बाट पत्रकारिता सुरु गरेका उनी सन २०२२ देखी निरन्तर रूपमा नेपाली जनता खबर अनलाइनमा आबद्ध छन् ।