© २०२३
३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पुर्वसन्ध्यामा पुर्वराजा ज्ञानेन्द्रले ११ मिनेट भन्दा लामो सन्देश सार्वजनिक गरेका छन् ।
एकता दिवसको सन्देश भने पनि उनले आफ्नो भिडियो वक्तव्यमा देशमा विद्यमान अवस्थामा दलहरूले गिजोलेको राजनीति र देश दुर्घटनामा पर्न लाग्नुमा बाह्य शक्तिको आडमा दलले भूमिका खेलिरहेको स्पष्ट रूपमा बताएका छन् । आफ्नो राजपाठ खोसिएकोदेखी जेनजी आन्दोलन र त्यसपछिका परिणामको समेत चर्चा गरेका ज्ञानेन्द्रले स्पष्ट रूपमा दलहरूले ल्याएको कथित गणतन्त्रलाई नै मुख्य दोषी देखाएका छन् ।
सन्देशको शुरुमा उनले नेपालको राजसस्थाको इतिहासको चर्चा गरेका छन् । उनले जस्तोसुकै शक्तिसङ्गपनि संघर्ष गरेर राष्ट्रको एकिकरणमा सबै जात, क्षेत्रको नेतृत्व गरेको इतिहास छर्लंग रहेको र नेपाली जनताको खुशी र समृद्धिलाई नै आफ्नो रुची ठान्ने शाहबंशीय परम्परा रहदै आएको स्मरण गरेका छन् ।
आफुले बडामहाराजाको मार्ग निर्देशनको परिधिमा नेपाली जनाको एकता र वृद्धिमा जोड दिदै आएको र दिइरहने उल्लेख गरे । उनले कतैबाट उत्पन्न अवान्छित भ्रमको चपेटामा देश परेको र २ दशक अघि शान्ति ल्याउछौ, आर्थिक प्रगति तर्फ देशलाई लैजान्छौं र स्थायित्व दिन्छौ भनेर सत्तामा पुगेका दलहरुको चाहना अनुसार आफुले श्रीपेच र राजदण्ड जनताको नासो जनताको संरक्षणमा बुझाई आफु सहयोगी नियतका साथ राजकाजबाट बाहिरिएको कुरा स्मरण गर्दै त्यो आफुलाई राजनीतिबाट बाहिर राख्ने, निषेध गर्ने ( कमजोर ठान्ने) कार्यको अनुमोदन नभएर जनताले दल मार्फत व्यक्त गरेको तत्कालिन इच्छाको सम्मान भएको बताएका छन् । उनको यो आसयले नेपालमा राजसस्था सदाको लागि राजनीतिबाट बाहिर नगएको र जनताको नासो अर्थात नेपालको सत्ता जनताको संरक्षणमा छोडेर आफु बाहिर बसेको ज्ञानेन्द्रले सन्देश दिएको प्रश्त्रै देखिन्छ ।
ज्ञानेन्द्रले आफु शासनमा नरहदा देश नबनेको चिन्ता जनताले गरेकोले दलहरुलाई शासन सुम्पिएको र अहिले तिनै दलहरूले निम्त्याएको बेथितिले गर्दा देश नै नरहने हो कि भन्ने सोच्नुपर्ने अवस्थामा आएको उल्लेख गरि आम जनताले अहिले व्यक्त गरेको चिन्ता जस्तै आफ्नो चिन्ता व्यक्त गरेका छन् । २०६३ साल पछी दलहरूले देखाएको व्यवहार र विदेशी शक्तिको बढ्दो चलखेलले यो चिन्ताको पृष्ठभूमि तयार भैरहेको छ । देश नबच्ने हो कि भने चिन्ता नै गणतन्त्र प्रतिको निराशाको प्रमुख कारण हो ।
भाषण मात्र गर्ने तर देश हितमा काम नगर्ने नेताहरुलाई व्यंग्य गर्दै पुर्व राजा ज्ञानेब्द्रले भाषण, जादु र चमत्कारले देश नबनेको र र अब पनि नबन्ने मात्र भनेनन्, यो देश बाह्य शक्तिबाट संचालित नेताहरुको नभएर जनता र राजाको समान स्वामित्वको देश भएको र राजसस्था जनताले सुम्पिएको जिम्मेवारीबाट विमुख हुने नसक्ने समेत बताएर आफु शासनमै आउन चाहेको कुरा घुमाउरो पारामा व्यक्त गरेका छन् । यसले गणतन्त्रबाट निराश भएका नागरिकको चाहनालाई भजाउन खोजेको संकेत गर्दछ ।
सन्देशमा मुलुक छोड्दैमा देशसंगको सम्बन्ध नतोडिने र नेपालीहरु विस्वमा जहाँ पुगेपनि उनीहरुको अस्तित्व नेपाली नै हुने तथा नेपालको प्रतिष्ठासंग नेपालीको प्रतिष्ठा जोडिएकोले बिदेशिएका नेपालीहरुलाई नेपाललाई माया गर्न र सम्वृद्धिमा सघाउन अप्रत्यक्ष आह्वान पनि गरेका छन् । नेताहरुले नेपालीलाई विदेशमा कामदारको रूपमा पठाउन पाउदा गर्व महसुस गर्ने र नेपाली युवाहरुलाई विदेश पठाईदिने भाषण गरिरहदा पुर्वराजाले भने जनशक्ति पलायनलाई भविस्यको निराशाको संकेत भनेका छन् ।
उनले नेपालबाट पुंजी र पुजीपतिको समेत पलायन भैरहेकोमा चिन्ता व्यक्त गर्दै यसलाई रोक्न सकिएन भने मुलुक असफलताको संघारमा अपुग्न सक्ने सम्भावनाले आफुलाई आहत बनाएको बताएका छन् । उनले सम्बोधनमा जेनजी आन्दोलनको प्रत्यक्ष उल्लेख नगरेपनि युवा पुस्ताको चाहना र भावना र आवस्यकताको सम्बोधन नगर्दा असन्तोष पैदा हुने र त्यसले विद्रोहको रुप लिन सक्छ भन्ने नेतृत्वले मनन गर्नुपर्नेमा दलको नेतृत्वले युवाको प्रयोग गर्ने तर उनीहरुको माग सम्बोधन नगर्ने प्रवृतिले गर्दा देशमा धनजनको क्षति भएको स्पष्ट रूपमा भनेका छन् ।
यसले जेनजी आन्दोलनमा दोषी भनेका अहिलेका राजनैतिक दलहरु नै भएको बताउन खोजेका छन् । उनले अहिलेका युवाहरु भ्रष्टाचार विरुद्ध आवाज उठाउन सक्ने र आईटी प्रतिष्प्रधामा अग्रता हासिल गर्दै गरेकोले उनीहरुले उज्वल भविस्यको संकेत गरेको बताएर जेनजी आन्दोलनमा युवाहरुले उठाएको माग ठिक रहेको थियो भन्ने सन्देश दिन चाहेको देखिन्छ ।
उनले कसैको नाम नलिएपनि नेताहरुलाई बाहिरबाट परिचालित भैरहेको भन्ने संकेत गरेका छन् । उनले सन्देशमा परिचालित व्यक्तिले बाहिरको हितमा काम गर्न खोज्ने काम भैरहेको, उनीहरुले नेपालको संवेदनशिलता तथा बदलिदो भूराजनीति परिस्थितीलाई बुझ्न नसक्दा नेपाल मित्रराष्ट्रहरुको विस्वास र भरोसा गुमाउने अवस्थामा पुगेको र असन्तुलित बन्दै गएको परराष्ट्र नीति र व्यवहारले राष्ट्रिय हितमा गम्भीर असर पुगिरहेको भन्ने रोष प्रकट गरेका छन् ।
विगतका सन्देशमा जस्तै यसपाली पनि राष्ट्रिय सहमतिले देशका समस्याले निकास पाउने कुरा यसपालिको सन्देशमा पनि दोहोरिएका छन् । आफ्नो सन्देशको अन्त्यतिर यो देश जनता र राजाले एकीकरण गरेर निर्माण गरेको र आफु राष्ट्र निर्माणको बंश परम्परामा आफ्नो भूमिकामा स्पस्ट रहेको सन्देश दिएर दलहरुलाई आफु राजनीतिमै रहेको भन्ने सन्देश दिन खोजेका छन् ।
पुर्वराजा ज्ञानेन्द्रको सन्देश पुरै सुन्ने हो भने उनले देश निर्माणमा राजसस्था र नेपाली जनता सधै मिलेर काम गरेको कुरा जनतालाई सुनाएर जनताको ध्यान तान्न खोजेका मात्र छैनन्, आफुले दलहरूले चटक हेर्न सत्ता ( मुकुट र राजदण्ड) केहीबेर नासोको रूपमा गणतन्त्रलाई राख्न दिएपनि वास्तविक सत्ता आफूसंगै भएको स्मरण गराउन खोजेको देखिन्छ ।
दलहरु बाह्य शक्तिबाट परिचालित भएकोले विदेशी राष्ट्रसंग सन्तुलित व्यवहार गर्न नसकेको, युवाहरुको माग र चाहनालाई बेवास्ता गर्दा युवा पलायन बढेको, देशको वेथितिले गर्दा देशको पुंजी र पुजीपति विदेशिएको भन्ने आम मानिसको आवाज उनको बोलीमा भेटिन्छ ।
उनले दुई दशकसम्म गणतन्त्रबादीहरुले केहि गर्न सकेनौ भन्दै गिज्याएका मात्र छैनन्, आफुसंग सम्बाद र सहकार्य नगरी देश समुन्नतिको बाटोमा हिड्न नसक्ने भन्दै खबरदारी पनि गरेका छन् । गणतन्त्रबादी दलहरूले यी र यस्तै सन्देशको वेवास्ता गर्दै बेथितिको बाटोमा हिडिरहने हो भने यी र यस्तै सन्देश गणतन्त्र अन्त्यको आधार बन्नेछन् । सबैलाई चेतना भयो ।