Butwal Today

अभ्यास खेलमा नेपाली महिला टोलीले अमेरिकालाई ४ विकेटले पराजित गर्‍यो

२७ पुष २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

आइसीसी टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अभ्यास खेलमा अमेरिकालाई पराजित गरेको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाली टोलीले अमेरिकामाथि ४ विकेटको जित निकाल्यो ।

अमेरिकाले दिएको १५८ रनको लक्ष्य नेपाली टोलीले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। नेपाली खेलाडी पूजा महतो ४३ रन बनाउँदै र रुविना क्षेत्री ५ रनमा अविजित रहे ।

अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५७ रन बनाएको थियो ।

यसअघि भएको पहिलो अभ्यास खेलमा नेपाली टोली स्कटल्यान्डसँग २७ रनले पराजित भएको थियो ।

नेपालले आज जिम्बाबेसँग अभ्यास खेल खेल्ने तालिका थियो। तर जिम्बाबेको टोली समयमा नेपाल नआइपुगेकाले अमेरिकासँग अभ्यास खेल आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?