© २०२३
काठमाडौँ ।
आइसीसी टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अभ्यास खेलमा अमेरिकालाई पराजित गरेको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाली टोलीले अमेरिकामाथि ४ विकेटको जित निकाल्यो ।
अमेरिकाले दिएको १५८ रनको लक्ष्य नेपाली टोलीले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। नेपाली खेलाडी पूजा महतो ४३ रन बनाउँदै र रुविना क्षेत्री ५ रनमा अविजित रहे ।
अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५७ रन बनाएको थियो ।
यसअघि भएको पहिलो अभ्यास खेलमा नेपाली टोली स्कटल्यान्डसँग २७ रनले पराजित भएको थियो ।
नेपालले आज जिम्बाबेसँग अभ्यास खेल खेल्ने तालिका थियो। तर जिम्बाबेको टोली समयमा नेपाल नआइपुगेकाले अमेरिकासँग अभ्यास खेल आयोजना गरिएको थियो ।