ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

क्लब भाइब्रेन्ट वर्कसपमा बुटवल चौतारीको उत्कृष्ट उपस्थिति, ३ सम्मान प्राप्त

२७ पुष २०८२, आइतबार
२७ पुष २०८२, आइतबार

बुटवल, २७ पुस । 

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) अन्तर्गत रिजन–फाइभको क्लब भाइब्रेन्ट वर्कशप सफलतापूर्वक सम्पन्न भएको छ ।

रोटरी क्लब अफ बुटवल चौतारीका तर्फबाट कार्यक्रम संयोजक क्लवका निवर्तमान अध्यक्ष तथा वर्ष २०२६/२७ का एसिष्टेन्ट गभर्नर नुमेन्द्र पौडेलले । वर्कसपमा आफ्नो क्लबले उत्कृष्ट सहभागिता जनाएको बताए ।

वर्कसपमा रिजन–फाइभ अन्तर्गतका ३२ वटा क्लबबाट २५४ जना रोटरियन सहभागी भएका थिए । तीमध्ये रोटरी क्लब अफ बुटवल चौतारीबाट मात्रै २९ जना सहभागी भएका थिए, जुन सबैभन्दा बढी सहभागिता हो ।

उल्लेखनीय सहभागिता र सक्रियताका आधारमा रोटरी क्लब अफ बुटवल चौतारीले तीन वटा महत्त्वपूर्ण सम्मान प्राप्त गर्न सफल भएको छ । क्लबले सबैभन्दा धेरै सहभागिताको सम्मान, होस्ट क्लबको सम्मान तथा सदस्य सहभागिताको सबैभन्दा उच्च प्रतिशत (७२.५ प्रतिशत) को सम्मान हात पारेको हो ।

कार्यक्रम संयोजक पौडेलले यस सफलतालाई सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै भने, “क्लबका प्रत्येक सदस्यको प्रतिबद्धता, सक्रियता र टीमवर्ककै कारण हामीले यस्तो गौरवपूर्ण उपलब्धि हासिल गर्न सकेका हौँ ।

यसले आगामी दिनमा अझ प्रभावकारी सामाजिक सेवामा प्रेरणा दिनेछ ।”

उनले कार्यवाहक अध्यक्ष केशव भुसाल, प्रेसिडेन्ट इलेक्ट रोटरियन बसुदेव भुसाल तथा सन् २०२५/२६ का एजी एवं पूर्व अध्यक्ष दिनेशमणि सुवेदीको विशेष योगदान रहेको भन्दै धन्यवाद व्यक्त गरे ।

वर्कसपले क्लबहरूलाई थप सशक्त, प्रभावकारी र सेवामुखी बनाउने विश्वास लिइएको उनले बताए । पौडेलले गत वर्ष पनि क्लबले उत्कृष्ट सहभागिता जनाएर प्रथम हुन सफल भएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रयास गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?