© 2026
बुटवल, २७ पुस ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) अन्तर्गत रिजन–फाइभको क्लब भाइब्रेन्ट वर्कशप सफलतापूर्वक सम्पन्न भएको छ ।
रोटरी क्लब अफ बुटवल चौतारीका तर्फबाट कार्यक्रम संयोजक क्लवका निवर्तमान अध्यक्ष तथा वर्ष २०२६/२७ का एसिष्टेन्ट गभर्नर नुमेन्द्र पौडेलले । वर्कसपमा आफ्नो क्लबले उत्कृष्ट सहभागिता जनाएको बताए ।
वर्कसपमा रिजन–फाइभ अन्तर्गतका ३२ वटा क्लबबाट २५४ जना रोटरियन सहभागी भएका थिए । तीमध्ये रोटरी क्लब अफ बुटवल चौतारीबाट मात्रै २९ जना सहभागी भएका थिए, जुन सबैभन्दा बढी सहभागिता हो ।
उल्लेखनीय सहभागिता र सक्रियताका आधारमा रोटरी क्लब अफ बुटवल चौतारीले तीन वटा महत्त्वपूर्ण सम्मान प्राप्त गर्न सफल भएको छ । क्लबले सबैभन्दा धेरै सहभागिताको सम्मान, होस्ट क्लबको सम्मान तथा सदस्य सहभागिताको सबैभन्दा उच्च प्रतिशत (७२.५ प्रतिशत) को सम्मान हात पारेको हो ।

कार्यक्रम संयोजक पौडेलले यस सफलतालाई सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै भने, “क्लबका प्रत्येक सदस्यको प्रतिबद्धता, सक्रियता र टीमवर्ककै कारण हामीले यस्तो गौरवपूर्ण उपलब्धि हासिल गर्न सकेका हौँ ।
यसले आगामी दिनमा अझ प्रभावकारी सामाजिक सेवामा प्रेरणा दिनेछ ।”
उनले कार्यवाहक अध्यक्ष केशव भुसाल, प्रेसिडेन्ट इलेक्ट रोटरियन बसुदेव भुसाल तथा सन् २०२५/२६ का एजी एवं पूर्व अध्यक्ष दिनेशमणि सुवेदीको विशेष योगदान रहेको भन्दै धन्यवाद व्यक्त गरे ।
वर्कसपले क्लबहरूलाई थप सशक्त, प्रभावकारी र सेवामुखी बनाउने विश्वास लिइएको उनले बताए । पौडेलले गत वर्ष पनि क्लबले उत्कृष्ट सहभागिता जनाएर प्रथम हुन सफल भएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रयास गरिने बताए ।