Butwal Today

बुटवल टुडे कर्मी जागेश्वर सम्मानित

२७ पुष २०८२, आइतबार
अ+
अ-

बाँके, २७ पुस ।

बुटवल पब्लिकेशन प्रालिबाट सञ्चालन हुने बुटवल टुडे पत्रिकाका बाँके बर्दिया संवाददाता जागेश्वर थारु सम्मानित भएका छन् ।

बैजनाथ थारु माघ महोत्सवको मूल आयोजक बैजनाथ बरघर सञ्जालले आयोजना गरेको माघ महोत्सवमा थारुलाई सम्मान गरिएको हो ।

विगत एक दशक देखि थारु लगायत पिछडिएका वर्गको आवाजलाई उठान गर्दै आएको भन्दै बरघर सञ्जालले सम्मान गरेको बैजनाथ बरघर सञ्जालका अध्यक्ष चन्द्र बहादुर चौधरीले बताए ।

उनले भने पहिलै देखि थारुहरूको माग मुद्दालाई पहिलो प्राथमिकतामा राखी कलम चलाउँदै आएको छन् ।

बरघर सञ्जालले थारु समुदायको माग मुद्दालाई उजागर गर्ने कमै पत्रकारहरू छन् र थारु पत्रकारहरूको सङ्ख्या समेत कम भएकोले कामको मूल्याङ्कन गरेर सम्मान गरेका छौँ । हामीले हरेक वर्ष माघ महोत्सवमा पत्रकारहरूलाई सम्मान गर्दै आएको बताए ।

बुटवल टुडे कर्मी जागेश्वर थारुलाई बरघर सञ्जालले आयोजना गरेको पुस महिनाको २५ र २६ गते माघ महोत्सव समापन समारोहमा सम्मानित भएको हुन ।