© २०२३
दाङ, २७ पुस ।
दाङमा बस दुर्घटनामा परेर आठ जना घाइते भएका छन् ।
दाङको घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१६ रावत गाउँ चोकमा बस दुर्घटना हुँदा बसमा सवार आठ जना यात्रु घाइते भएका हुन ।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००३१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटनामा हुँदा बसमा सवार आठ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेसहित आठ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार घाइतेको पहिचान खुल्न सकेको छैन । प्रहरी निरीक्षक बमका अनुसार बस आइतबार दिउँसो करिब १२ः३० बजेतिर दुर्घटनामा परेको थियो ।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।