ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

पहिरोले सबै लुट्यो, लालपुर्जाले जगायो आशा

२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

गुल्मी, २६ पुस । 

पहिरोले पटक–पटक जीवन र बस्ती लुटेको मुसिकोट नगरपालिका–१ बिसौनाका पीडित परिवारहरूले डेढ दशकपछि बल्ल लालपुर्जा पाएका छन् । बिसौनाबाट विस्थापित १५ घर परिवारले बस्ती स्थानान्तरणका लागि थामडाँडामा खरिद गरिएको जग्गाको जग्गाधनी प्रमाणपत्र पाएका हुन् ।

बिसौनाको पहिरो इतिहास दर्दनाक छ । २०६४ साल र २०८१ सालमा गएको पहिरोले एउटै बस्तीबाट १० जनाको ज्यान लिएको थियो । २०६४ सालमा पहिरोले घर च्याप्दा चोकबहादुर विकका आमा रुन्नती विक, श्रीमती अमृता विक तथा छोरा कृष्ण र सुरजको अकालमै ज्यान गएको थियो ।

पहिरोको त्रासबाट बच्न छिमेकीको घरमा ओत खोज्न आएका डल्ली विक र मुना विकसमेत पहिरोमै परे ज्यान गुमाउनु पर्‍यो । “त्यो दिन म भारतमा थिएँ, यहाँ भएको भए सायद आज म पनि उनीहरूसँगै मर्ने रहेछु,” चोकबहादुर विक विगतको उक्त दर्दनाक घटना सम्झँदै भन्छन् ।

भारतबाट फर्किएपछि उनले बिसौना छोडेर थाममा बसाइ सरे । तर नियतिले फेरि पीडा थप्यो । २०८१ साउन २२ गते बिसौनामै पुनः पहिरो जाँदा पहिलेको पहिरोमा बाँचेकै उनका आफन्त चार जनाले ज्यान गुमाउनु परेको थियो ।

लगातारको जोखिमपछि बिसौनाका १५ परिवार गत वर्षदेखि गाउँ छोडेर थाममा अस्थायी रूपमा बसोबास गर्दै आएका थिए । अहिले मुसिकोट नगरपालिका र लाभग्राहीको ५०/५० लागत साझेदारीमा थामडाँडा नजिकै नौ रोपनी १५ आना जग्गा खरिद गरिएको छ ।

नगरपालिकाका प्रमुख जिवलाल खरेल ‘जीवन’ ले पीडितलाई सुरक्षित जमिनको मालिक बनाउन मात्र डेढ वर्ष लागेको बताए । “नजिकको स्थानीय सरकार भएकाले पीडामा आँसु पुच्छ्न आएका थियौँ । लामो समयको पर्खाइपछि भर्खर सुरक्षित ठाउँमा जग्गा उपलब्ध गराएका छौँ, अब उहाँहरूको घर निर्माणका लागि संघ र प्रदेश सरकारसँग समन्वय र पहल भइरहेको छ,” उनले भने ।

जग्गाको कित्ता अनुसार लाभग्राहीले एक लाखदेखि एक लाख ५० हजार रुपैयाँसम्म बुझाएका छन् । लाभग्राही र नगरपालिकाको संयुक्त लगानीमा करिब ३५ लाख रुपैयाँमा जग्गा खरिद गरिएको मुसिकोट नगरपालिका उपप्रमुख गङ्गा श्रेष्ठले जानकारी दिएकी छन् ।

श्रेष्ठका अनुसार विस्थापित परिवारका लागि नगरपालिकाले गत वर्षदेखि भाडाको व्यवस्था गर्दै आएको छ ।  लालपुर्जा पाएसँगै पीडितलाई अब चाँडै घरको आवश्यकता छ । पहिरो पीडित फुलमती विकको पाँच जनाको परिवार अरूको घरमा बसेको डेढ वर्ष भयो । बास एकातिर, बारी अर्कोतिर हुँदा आफूहरूलाई धेरै समस्या परेको उनले गुनासो गरिन् ।

जग्गाका लागि ऋण खोजेर पैसा बुझाए पनि अब घर कसले बनाइदेला भन्ने आसमा पीडित परिवार छन् । भिरालो र कच्ची जमिनका कारण पटक–पटक बसाइँ सर्नु परेको बिसौनामा २० देखि २२ घर जोखिममा भए पनि हाल १५ घरका लागि मात्रै जग्गा व्यवस्थापन गरिएको वडाध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिए ।

जिल्लाका अधिकांश दलित बस्ती भिरालो र जोखिमयुक्त भूभागमा रहेकाले पहिरोको खतरा अझै ठूलो रहेको स्थानीयको चिन्ता छ । लालपुर्जासँगै सुरक्षित बास र स्थायी जीवनको आशा पलाए पनि, थामडाँडामा विस्थापितका लागि घर निर्माण र जीविकोपार्जन अझै चुनौतीकै विषय बनेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?