ट्रेंडिंग:

>> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा

भद्रकाली मन्दिरको साधारण सभा

२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

तिलोत्तमा, २६ पुस ।

तिलोत्तमा ८ मा रहेको श्री भद्रकाली दुर्गा मन्दिर संरक्षण संस्थाको चौथो साधारण सभा शनिबार सम्पन्न भएको छ ।

वि।स।२०२१ सालमा स्थापित भद्रकाली मन्दिरको विकास र धार्मिक गतिविधि सञ्चालनको लागि गठन भएको संस्थामा ३८ जना आजीवन सदस्य र १९० जना साधारण सदस्य रहेका छन् । मन्दिरमा नित्य पूजा गर्नको लागि विभिन्न व्यक्तिहरूले ४ वटा अक्षयकोष स्थापना गरेका छन्।

साधारण सभाका प्रमुख अतिथि तथा वार्ड नम्बर ८ का वार्ड अध्यक्ष कृष्ण प्रसाद पौडेलले मठ मन्दिरहरू समाजमा धर्म र संस्कृतिको जगेर्ना गर्न मात्र नभएर समाजमा सद्भाव र एकता कायम राख्दै सभ्य समाजको निर्माणमा समेत सदियौँदेखि महत्त्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै तिलोत्तमा नगरपालिकाले पुराना मन्दिरहरूको संरक्षणमा निरन्तर सहयोग गर्ने बताए।

उनले आफ्नो ठाउँमा रहेका सार्वजनिक स्थल र सम्पदा जोगाउन समुदाय नै बढी अग्रसर हुनुपर्ने कुरामा जोड दिए ।

साधारण सभामा संस्थाका अध्यक्ष खेमराज भण्डारीले मन्दिरको आयव्यय र सम्पादित कार्यहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले प्रदेश सरकारको सहयोगमा मन्दिर संरक्षणका कामहरू भइरहेको र यसै आर्थिक वर्षमा नयाँ मन्दिर र सभा हल निर्माण गर्ने काममा तिनै तहका सरकारको आर्थिक र भौतिक सहयोगको अपेक्षा राखेको बताए ।

कार्यक्रममा मन्दिर संरक्षण संस्थाका कोषाध्यक्ष गङ्गाराम पाण्डे, ज्योति शान्ति टोल विकास संस्थाका अध्यक्ष घनश्याम न्यौपाने, परोपकार आमा समूहकी अध्यक्ष हिरा ढकाल, कृष्ण कँडेल लगायतले मन्तव्य राखेका थिए । साधारण सभाको सञ्चालन डिल्ली भण्डारीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?