ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

शान्ति नमुनामा खेल सप्ताह शुरु

२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आजदेखि खेल सप्ताह शुरु भएको छ।

विद्यालयको ६७ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेल सप्ताह अन्तरगत आज भएको छात्रतर्फको फुटवल खेलमा कक्षा ८ जी र ९ जीको संयुक्त टोली बिजेता भएको छ ।

यस्तै छात्रा तर्फको फुटबलमा कक्षा ८ बी र आइको संयुक्त टोली विजेता भएको अतिरिक्त क्रियाकलाप संयोजक सुशील पाण्डेले जानकारी दिए।

यस्तै अन्तर-कक्षा छात्रा टेबल टेनिस प्रतियोगितामा कक्षा ६ तर्फ प्रिन्सा पन्तले प्रथम स्थान हासिल गरिन्। त्यसैगरी सुभेच्छा कोईराला द्वितीय र दिक्षा भुसाल तृतीय हुन सफल भए। कक्षा ७ बाट अनुष्का भण्डारीले स्वर्ण पदक हात पारिन्। समृद्धि ज्ञवालीले द्वितीय स्थान प्राप्त गर्दा नितेशा चापागाईं तृतीय भइन्।

कक्षा ८ को प्रतिस्पर्धामा श्रद्धा वाग्ले प्रथम स्थानमा रहन सफल भइन्। सन्ध्या पन्तले द्वितीय र आकृति पाण्डेले तृतीय स्थान हासिल गरे।
कक्षा ९ तर्फको भिडन्तमा सुस्मिता पंगेनीले प्रथम स्थान हात पारिन्। त्यस्तै अंकिता टण्डनले द्वितीय र सुरक्षा पोखरेलले तृतीय स्थान सुरक्षित गरे।

कक्षा ६ को छात्र तर्फको टेबल टेनिस प्रतिस्पर्धामा कृषल न्यौपाने प्रथम हुन सफल भएका छन् । त्यस्तै, नोयल श्रेष्ठले द्वितीय र विजय परियारले तृतीय स्थान हासिल गरे ।कक्षा ७ बाट रिजन क्षेत्रीले प्रथम स्थान हात पारे । भुवन बुढा मगर द्वितीय र आयुष भट्टराई तृतीय हुन सफल भए ।

कक्षा ८ को भिडन्तमा सम्पन्न खनालले स्वर्ण पदक जितेका छन् । कुशल अधिकारीले द्वितीय र सचिन तिवारीले तृतीय स्थान सुरक्षित गरे । कक्षा ९ को प्रतिस्पर्धामा आयुष लम्साल प्रथम भए । त्यसैगरी, विशाल पन्थी द्वितीय र अंकित रेग्मीले तृतीय स्थान प्राप्त गरेका शिक्षक विश्व पाण्डेले जानकारी दिए।

यस्तै १०० मिटर दौड प्रतियोगितामा विभिन्न कक्षाका छात्र तथा छात्राहरूले पदक जितेका छन् । कक्षा ६ मा छात्र तर्फ कविर सुनार प्रथम, कृषल न्यौपाने द्वितीय र सागर नेपाली तृतीय भए। छात्रातर्फ सुरक्षा कोइराला प्रथम, सुजल अर्याल द्वितीय र कुसुम जि.सी. तृतीय हुन सफल भए।

कक्षा ७ मा छात्रतर्फ नसिब मुसहर प्रथम, रोजित खनाल कुमाल द्वितीय र रजनिस कुमार तृतीय भए। छात्रातर्फ मित्र कुमारी गुप्ता प्रथम, निष्ठा पाण्डे द्वितीय र समृद्धि ज्ञवाली तृतीय हुन सफल भए।

कक्षा ८ मा छात्रतर्फ प्रशान्त कुंवर प्रथम, दिवेन अर्याल द्वितीय र सुशान्त वि.क. तृतीय भए। छात्रातर्फ आकृति काफ्ले (प्रथम), सलिना थारु द्वितीय र विनिता बेलबासे तृतीय भए।

यसैगरी कक्षा ९ मा छात्रतर्फ लक्ष्मण गौड्याल प्रथम, तिलक बुढा मगर द्वितीय र लिकेश पाण्डे तृतीय भए। छात्रातर्फ पार्वति वि.क. प्रथम, गरिमा गुप्ता द्वितीय र सपना यादव तृतीय हुन सफल भए।

यस्तै बाघचाल प्रतियोगिता अन्तर्गत कक्षा ९ बाट प्रथम दर्पण बानियाँ, द्वितीय मण्दिप कँडेल र तृतीय रोशन खनाल भए। कक्षा ८ छात्रबाट प्रथम मिलन न्यौपाने, द्वितीय बिनायक नेपाल र तृतीय विकल्प न्यौपाने भए। कक्षा ८/९ छात्राबाट प्रथम रेश्मा खनाल, द्वितीय आइशा खातुन र तृतीय महिमा कँडेल भए।

त्यसैगरि कक्षा ७ छात्रबाट कृष्ण प्रसाद पँगेनी प्रथम, विपिन बगाले द्वितीय र नवीन रावल तृतीय भए। कक्षा ७ छात्राबाट मान्शी गैह्रे प्रथम, अन्जली आले द्वितीय भए।

त्यसैगरी कक्षा ६ छात्र तर्फबाट पवन प्रजापति प्रथम, प्रसन्न पन्त द्वितीय एवम् आयुस भट्टराई तृतीय भए। बाघचाल प्रतियोगितामा जम्मा १६६ जना विद्यार्थीले भाग लिएका संयोजक शिव खनालले जानकारी दिए।

खेलकुद विकास र विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित यस प्रतियोगिताका विजयी खेलाडीहरूलाई विद्यालयले बधाई ज्ञापन गरेको छ ।

विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले खेल सप्ताहको आयोजना गरेको बताउदै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विभिन्न खेलकुदहरु तथा रचनात्मक कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिए।

विद्यालयको ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा माघ ४ गते पढाई महोत्सव तथा आन्तरिक विज्ञान एवं प्रविधि प्रदर्शनी, माघ ६ गते जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा खाना महोत्सव, माघ ७ गते खेलकुद पुरस्कार वितरण, बृहत सरसफाइ अभियान, रक्तदान तथा म्याराथन, माघ ८ गते प्रभातफेरि, छात्रवृत्ति अक्षयकोष वितरण, एइइ तथा एसएलसी उत्तीर्ण विद्यार्थीहरूलाई मायाको चिनो वितरण गर्ने कार्यक्रम रहेको छ ।
६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको मुल समारोह माघ ९ गते शुक्रबार हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?