Butwal Today

जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु

२५ पुष २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, २५ पुस ।

जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा शुक्रबार बिहान ११ बजे क.प्र. ०२–००१ च १३२७ नम्बरको जिप दुर्घटना भएको छ ।

छेडागाड नगरपालिका–९ पजारुबाट थलह तर्फ आउँदै गरेको उक्त जिपको ब्रेक फेल भई करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित ६ जना सवार थिए । जसमा ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् र उपचारका लागि नगर अस्पताल बडाबन पठाइएको छ ।

घाइतेमध्ये चालक कृष्ण अधिकारी (२४), लक्ष्मी खत्री (२०), वीरबहादुर अधिकारी (३९) र दैलेखको नौमुले गाउँपालिका–६ की २३ वर्षीया सितला रावत रहेका छन् ।