Butwal Today

प्रचण्डलाई गीतसहित कडा पत्र पठाउँदै रहबरले पार्टी छाडे

२४ पुष २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

साविक नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिएका छन् ।

बिहीबार अन्सारीले हुलाकमार्फत प्रचण्डलाई राजीनामापत्र बुझाएका हुन् ।

राजीनामापत्रमा अन्सारीले संयोजक प्रचण्डले मधेस प्रदेशमा वाचन गरेको ‘सागर के तुफान को भी हमने बस में किया है…’ भन्ने सायरी उद्धृत गर्दै अब यो गीत प्रचण्डको स्मृतिमा मात्र बाँकी रहेको उल्लेख गरेका छन् ।

उनले साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको समेत राजीनामापत्रमा उल्लेख गरेका छन् ।

अन्सारीले राजीनामापत्रमा भनेका छन्, “म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?