ट्रेंडिंग:

>> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा

अनलाइन स्क्यामिङ ठगी नियन्त्रण गर

२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

आजको डिजिटल युगमा विश्व सूचना प्रविधिबाट कोही पनि अलग हुन सक्दैन ।

यसको प्रयोग मानिसका लागि अपरिहार्य भैसकेको छ । जसरी हरेक धड्कनमा मुटुको चाल छ, त्यसरी नै विश्वका लागि डिजिटल प्रविधि पलपलमा आवश्यक छ । तर, पछिल्लो समय यही प्रविधि कसैको लागि जीवन बर्बाद गरिदिने माध्यम समेत बनेको छ ।

पछिल्लो पटक अनलाइन स्क्यामिङमार्फत सर्वसाधारणलाई करोडौँ ठगी गर्ने गिरोहलाई प्रहरीको साइबर ब्युरोले पक्राउ परेको छ । चितवनको खैरहनीमा ‘एस.एम.सी.एन. एड्भरटाइजिङ सर्भिस सेन्टर’ नामक कार्यालय खोलेर मोबाइल एपमार्फत् उनीहरूले विभिन्न प्रलोभनमा पारी स्क्याम गर्ने गरेको खुलेको छ ।

यो एप्लिकेसनमार्फत ७० हजारभन्दा बढी नेपाली नागरिकलाई उनीहरूले सञ्जालमा जोडिसकेको देखिएको छ । उनीहरूले पिरामिड शैलीको ‘पोन्जी स्किम’ अपनाएर नयाँ सदस्य भर्ना गरेबापत आकर्षक कमिसन र दैनिक बोनस दिने लालच देखाउँथे ।

घरमै बसी भिडिओ हेरेर पैसा कमाउने वा थोरै लगानीमा धेरै फाइदा हुने जस्ता लोभलाग्दा विज्ञापन गर्ने र सर्वसाधारण विश्वासमा परेर ठगिने गरेको सार्वजनिक भएको छ । यसबाट कतिको घर उजाडिएको छ ।

उता टिकटक लगायत सामाजिक सञ्जालमा आकर्षक रोजगारीको व्यवस्था भन्दै ठगी गर्नेक्रम समेत बढेको देखिएको छ । बुधबार मात्रै एक म्यानपावर व्यवसायीले सामाजिक सञ्जालमा विज्ञापन राखेर १८ करोड ठगी गरेको सार्वजनिक भएको छ ।

सामाजिक सञ्जाल ठगी गर्ने माध्यम बनेको छ । यो गंभीर चिन्ताको कुरा हो । अव डिजिटल सूचना प्रविधिको प्रयोगप्रति आम नागरिक सचेत बन्नु जरुरी छ । नेपाल प्रहरीले समेत सामाजिक सञ्जाल प्रयोगबाट ठगी बढिरहेको भन्दै विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

सीआईबीले गरिरहेको अनुसन्धानमा अनलाइन ठगीको माध्यम सामाजिक सञ्जाल बन्दै गएको देखिएको छ । पछिल्लोसमय फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाइबर तथा इमेल लगायतबाट फोन गरी डिजिटल वालेट तथा बैक तथा वित्तीय संस्थाबाट बोलेको भन्दै प्रलोभनमा पारी ठगी गरिएको पाइएको छ । यो क्रम हरेक दिन बढिरहेको छ ।

ठगीमा परेका नागरिकले दिनहुँ प्रहरीकोमा ठगीका उजुरी लिएर जाने गरेको तथ्याँकले यो समस्याले पछिल्लोसमय आम नेपालीलाई चिन्तामा पारेको छ । पछिल्लोसमय सामाजिक सञ्जालका प्रयोगकर्ताहरू अधिक हुँदै गएका छन् । र, यसमार्फत ठगीका घटनापनि बढिरहेका छन् ।

सामाजिक सञ्जालको प्रयोग बढेसँगै पछिल्लोसमय यसबाट पीडा भोग्नेहरूको संख्या पनि बढ्दै गएको देखिएको छ । प्रहरीको तथ्याँक अनुसार पछिल्लोसमय फेसबुक म्यासेन्जर, फेसबुक, ट्विटर, ह्वाट्सएप तथा भाइबरबाट हिंसाजन्य ठगीका घटना भैरहेको प्रहरीको तथ्याँक छ ।

यसैगरी इमेलमार्फत १० प्रतिशत र इन्स्टाग्राममार्फत ६ प्रतिशत हिंसा हुने गरेको छ । आमसञ्चार माध्यम प्रयोगमा नागरिक सचेत नहुने हो भने एकै मिनेटमा बैंकमा भएको पैसा स्वाहा मात्रै होइन, ठगीका नयाँ नयाँ उपाय प्रयोग गरिँदा ठूलो समस्या भएको छ । एकै व्यक्तिले फरक–फरक सामाजिक सञ्जाल प्रयोग गरेर ठगीका घटनामा संलग्न हुने गरेको देखिएको छ ।

अवको दिनमा ठगी नियन्त्रणको एउटै उपाय भनेको सबै मिलेर सामाजिक सञ्जालका कारण उत्पन्न समस्या र चुनौतिको समाधानमा पहल हो । आगामी दिनमा राज्य, समाज र घर सबैको भूमिकालाई दृष्टिगत गर्दै यो समस्याको मिलेर समाधान खोज्नु आवश्यक छ ।

अवको दिनमा सूचना प्रविधि सम्बन्धी सचेतनाका साथै सामाजिक सञ्जालको दुरूपयोग नियन्त्रण गर्नुपर्ने आवश्यक छ । सामाजिक सञ्जालमा प्रत्यक्ष कुराकानी गर्ने र त्यसैलाई आधार बनाएर ब्ल्याकमेलिङ गर्ने काम भैरहेको छ ।

त्यसैगरी अनलाइन व्यापारको नाममा सामाजिक सञ्जालमा विभिन्न साइटहरू खोली सामानको आकर्षक फोटो भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न बैक खातामा रकम माग गर्ने, रकम प्राप्त गरिसकेपछि सामान डेलिभरी नगरी सम्पर्कविहीन हुने देखिएको छ ।

पछिल्लो स्क्यामको घटनाले सवैलाई सूचना प्रविधिसंग सम्वन्धित ठगीबाट जोगिनुपर्ने देखाएको छ । आम सर्वसाधारण नागरिक अव आफै सचेत हुनुपर्ने अवस्था आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?