ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

च्याउले रोकेको विदेश यात्रा

२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

नवलपरासी, २४ पुस ।

नवलपरासीमा युवाले च्याउ उद्योगमार्फत भविष्य खोजिरहेका छन् ।

हाल जिल्लामा दुई वटा च्याउ उद्योग सञ्चालनमा छन् भने तेस्रो च्याउ उद्योग खोल्ने तयारीमा स्थानीय युवा कमल कशौधन जुटेका छन् । कशौधनले आफ्नै पहलमा जिल्लामा तेस्रो ठुलो च्याउ उद्योग निर्माणमा लागेको जानकारी दिए ।

च्याउमै युवाले भविष्य खोज्न सकिने दाबी गर्दै उनले तीन वर्षअघि स्थानीय युवालाई समेटेर रामग्राम–१२ कुनुवारमा ‘मा पाल्ही कृषि फर्म प्रा.लि.’ स्थापना गरी च्याउ उद्योग सञ्चालनमा ल्याएको बताए ।

पछि उक्त उद्योगबाट अलग भएर थप युवालाई जोड्दै रामग्राम–६ पोखरापालीमा ‘जौरहरी माई कृषि फर्म प्रा.लि.’ दर्ता गरी गत वैशाखदेखि दोस्रो च्याउ उद्योग सञ्चालनमा ल्याइएको उनले सुनाए ।

अहिले फेरि तिनै युवा साथीहरूलाई जिम्मेवारी दिँदै रामग्राम–८ बैकुण्ठापुरमा ‘शकुन्तलादेवी कृषि फर्म प्रा.लि.’ स्थापना गरी तेस्रो च्याउ उद्योग निर्माणको काम तीव्र रूपमा अघि बढाइएको कशौधनले बताए । उक्त उद्योगबाट आगामी वैशाखदेखि उत्पादन सुरु गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

धान र गहुँ खेतीपछि किसानले पराल र छाउली जलाएर नष्ट गर्ने प्रवृत्ति रोक्न त्यसको सदुपयोग च्याउ खेतीमार्फत गर्न सकिने भन्दै उनी युवालाई च्याउ उत्पादनतर्फ आकर्षित गर्दै आएका छन् ।

हाल सञ्चालनमा रहेका उद्योगमा गहुँ हार्वेस्टपछि बाँकी रहेको छाउलीलाई भुस बनाएर भण्डारण गरिने र त्यहीँबाट गोब्रे च्याउ उत्पादन हुँदै आएको उनले बताए ।

परालबाट कन्ये च्याउ उत्पादन गर्दै घरेलु उद्योग सञ्चालन गर्ने किसानको संख्या बढ्दै गएको उल्लेख गर्दै कशौधनले अबको अर्को लक्ष्य पहाडी क्षेत्रमा सिताके च्याउ उत्पादन गर्ने सम्भावनाको खोजी रहेको बताए ।

पूर्वी नवलपरासीका पहाडी क्षेत्रमा रहेका उत्तिसका जङ्गलमा खेर गइरहेका मोढामा सिताके च्याउ उत्पादन गर्न सकिने पर्याप्त आधार रहेको भन्दै त्यसका लागि स्थानीय युवासँग समन्वय भइरहेको उनको भनाइ छ ।

च्याउबाट राम्रो आम्दानीको सम्भावना देखेपछि रामग्राम नगरपालिकाका युवा उद्यमीहरू यस क्षेत्रमा लगानी गर्न थालेका छन् । पुराना उद्योगले क्षमता विस्तार गर्दै लगानी बढाएका छन् । क्षमता वृद्धि गरेपछि एक उद्योगमा थप १० जनाले रोजगारी पाएका छन् भने नयाँ उद्योगले करिब ४० जनालाई रोजगारी प्रदान गरेको उद्योग व्यवस्थापनले जनाएको छ ।

भारतीय बजारमा निर्भर रहेको च्याउ उद्योग नेपाली उत्पादन बढ्दै जाँदा स्वदेशी बजारमै छाउन थालेको कशौधनले बताए । सरकारले नेपाली उद्योगलाई प्रवद्र्धन गर्न सके देशमै रोजगारी सिर्जना गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै उनले नीति बने पनि कार्यान्वयन कमजोर हुँदा वैदेशिक रोजगारी बाध्यता बनेको गुनासो गरे ।

च्याउ सुरक्षित र गुणस्तरीय रूपमा बजारसम्म पु¥याउन वातानुकूलित ढुवानी सेवाको व्यवस्था आवश्यक रहेको उनको भनाइ छ । गुणस्तरीय उत्पादन बढाउन सकिए विदेश निर्यातसमेत सम्भव रहेको उनले बताए ।

उनका अनुसार सुरुमा ७ करोड रुपियाँ लगानीमा कुनुवारमा च्याउ उद्योग स्थापना गरिएको थियो । हाल पोखरापालीमा ८ करोडभन्दा बढी लगानीमा उद्योग सञ्चालनमा रहेको उद्योग सञ्चालक आदित्य बर्माले बताए । बैकुण्ठापुरमा भने साढे ५ करोड लगानीमा नयाँ उद्योग निर्माणाधीन छ ।

च्याउ बजारमा राम्रो माग भए पनि काठमाडौँ पु¥याउँदा च्याउको भाडा मानिसको भाडाभन्दा महँगो पर्नु दुःखद रहेको उद्योगीहरूको गुनासो छ । वातानुकूलित बसमार्फत काठमाडौँ पु¥याउँदा प्रति केजी १७ रुपैयाँ भाडा तिर्नु परेको बताउँदै छुट्टै ढुवानी व्यवस्था भए सहज हुने उनीहरूको माग छ ।

वातावरणमैत्री उद्योगले च्याउसँगै बायो–प्रोडक्टका रूपमा जैविक मल पनि उत्पादन गर्दै आएको छ । वर्षमा करिब २ लाख केजी जैविक मल उत्पादन हुने र किसानले जलाउने गहुँको डाँठ उद्योगले खरिद गर्दा वातावरण प्रदूषण न्यूनीकरणमा समेत सहयोग पुगेको छ ।

पहिलो मा पाल्ही भगवती कृषि फर्म प्रा.लि. सञ्चालनमा आउँदा ५० जनाले रोजगारी पाएका थिए । अधिकांश स्थानीय महिलाले च्याउको बीउ राख्ने, काट्ने र प्याकेजिङसम्मको काम गर्दै आएको उद्योगका सञ्चालक नरेश जैसवालले जानकारी दिए । क्षमता विस्तारपछि थप १० जनाले रोजगारी पाएका छन् ।

च्याउबाट निस्कने मल प्रयोग गरी रासायनिक मल र विषादीबिनाको अर्ग्यानिक तरकारी उत्पादन गर्ने तयारीसमेत गरिएको छ । पोखरा, नारायणगढ र काठमाडौँसम्म च्याउसँगै अर्ग्यानिक तरकारीको माग रहेकाले बजार समस्या खासै नरहेको उद्योगीहरूको भनाइ छ ।

तर, हार्वेस्टपछि लामो समय भण्डारण गर्न नसक्ने भएकाले नोक्सानीको चुनौती भने कायम नै रहेको उनीहरूले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?