ट्रेंडिंग:

>> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)

लुम्बिनी निर्माण व्यवसायी संघको १९औँ साधारण सभा सम्पन्न

२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

भैरहवा ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐन समयानुकूल संशोधन नगर्दा इमानदार निर्माण व्यवसायी सङ्कटमा परेको बताएका छन् ।

लुम्बिनी निर्माण व्यवसायी सङ्घ, रुपन्देहीको १९औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै सिंहले भने, “समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न सार्वजनिक खरिद ऐन संशोधन गरी छाता ऐन बनाउन जरुरी छ। दफा ५९ (८) खारेज गर्नुपर्छ। अहिले लो–बिडिङकै कारण निर्माण व्यवसायी मारमा छन्।”

उनले भने राजनीतिक दलहरूले पूर्वाधारलाई प्राथमिकतामा नराख्दा ऐन संशोधनमा ढिलाइ भएको उल्लेख गर्दै नयाँ निर्माण व्यवसायीलाई लाइसेन्स दिने विषयमा पनि गम्भीर रूपमा सोच्नुपर्ने बताए। अन्तरिम सरकारले जनमतको म्यान्डेटभन्दा बाहिर गएर ठुला ठेक्का तोडेको भन्दै अपेक्षित सुशासन दिन नसकेको टिप्पणी गरे।

लुम्बिनी निर्माण व्यवसायी सङ्घका प्रदेश अध्यक्ष बलिभद्र रानाले सभालाई सम्बोधन गर्दै निर्माण व्यवसायीहरू गम्भीर समस्याबाट गुज्रिरहेको बताउँदै । उनले भने समयमा भुक्तानी नपाउनु, मूल्य समायोजनको समस्या, अनावश्यक झन्झटिलो प्रक्रिया र नीतिगत अस्पष्टताका कारण धेरै व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेका छन् ।

सङ्घले विगतदेखि नै यी समस्या समाधानका लागि सरकारसँग निरन्तर संवाद गर्दै आएको स्मरण गराउँदै अब पनि प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्दै कानुनी सुधारका लागि दबाब दिने प्रतिबद्धता व्यक्त गरे ।

सङ्घकी अध्यक्ष मन्जु भुसालले दलगत स्वार्थभन्दा माथि उठेर निर्माण व्यवसायीलाई साझा संस्थाको रूपमा स्थापित गर्न आवश्यक रहेको बताउँदै निर्माण क्षेत्र देशको आर्थिक विकासको मेरुदण्ड भएको दाबी गरिन ।

उनले भनिन्, “राज्यको करिब ३५ प्रतिशत बजेट निर्माण क्षेत्रमा लगानी हुन्छ निर्माण व्यवसायीले गुणस्तरीय काम दिनु हाम्रो दायित्व हो। चुनौतीबिच पनि हामी अघि बढिरहेका छौँ उनले भनिन् ।”उनले आगामी दिनमा सङ्घलाई अझ सशक्त बनाउँदै नयाँ पुस्तालाई जोड्ने गरी स्मार्ट तालिम, कर तथा ठेक्का प्रक्रिया सम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाइन्।

नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय सल्लाहकार निकोलस पाण्डेले स्थानीय तहले योजनाविनै ‘भुजा बाँडेझैँ’ बजेट बाँड्दा निर्माण व्यवसायी र पूर्वाधार दुवै प्रभावित भएको टिप्पणी गरे। उनले भने हामीले हाम्रो पेसा पुस्तान्तरण गर्न सक्ने सम्मानित पेसा गराउनु पर्छ भन्दै सबै निर्माण व्यवसायीलाई गुणस्तरमा कुनै सम्झौता नगर्न समेत आग्रह गरे ।

कानुनी जटिलताले स्थानीय पूर्वाधारसमेत प्रभावित भएको विशिष्ट अतिथि तथा सिद्धार्थ नगरपालिकाकी उपमेयर उमा अधिकारीले बताइन नियम, विधि र पद्धति सबैको हितका लागि भएको भन्दै सबैले आफ्नो जिम्मेवारी बुझ्नुपर्ने बताइन्।उनले भनिन्, “सङ्घीय ऐनका कारण निर्माण प्रक्रिया जटिल बनेको छ। स्थानीय तहले बनाउँदै गरेको पूर्वाधार कानुनी कारणले रोकिने अवस्था आएको छ।”

कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका अध्यक्ष, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा निर्माण व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

साधारण सभाको बन्द सत्रले आर्थिक आय–व्यय प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। साथै स्मार्ट तालिम सञ्चालन गर्ने, कर तथा ठेक्का प्रक्रिया सम्बन्धी प्रशिक्षण गर्ने र जिल्ला दररेट तथा प्राविधिक ज्ञान अभिवृद्धि गर्ने निर्णय गरिएको सङ्घका महासचिव प्रितम रौनियारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?