Butwal Today

तोलामा २ हजार रुपैयाँले घट्यो सुनको मूल्य

२४ पुष २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

हिजो तोलामा ४ सय रुपैयाँले घटेको सुनको भाउ आज थप २ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेर तोलाको २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै, हिजो अहिलेसम्मकै उच्च विन्दुमा पुगेको चाँदीको भाउ आज तोलामा १ सय रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ९ सय ३५ रुपैयाँ थियो ।