ट्रेंडिंग:

>> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा

स्वास्थ्य सेवामा डुडुवा बन्यो बाँकेको उत्कृष्ट पालिका

२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

नेपालगञ्ज, २४ पुस ।

बाँकेको डुडुवा गाउँपालिका स्वास्थ्य सेवा अन्तर्गतको कार्यसम्पादनमा जिल्लामै सर्वोत्कृष्ट घोषित भएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा स्वास्थ्य सूचकहरूको आधारमा गरिएको मूल्याङ्कनमा डुडुवाले ७९.३६ अङ्क प्राप्त गर्दै जिल्लाका अन्य पालिकालाई पछि पार्न सफल भएको हो ।

प्रथम स्थान हासिल गरेको डुडुवा गाउँपालिकालाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक रोशन चौधरी तथा स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले संयुक्त रूपमा उत्कृष्ट प्रमाणपत्र प्रदान गर्दै सम्मान गरे ।

सो अवसरमा डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीलाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो । स्वास्थ्य कार्यालय बाँकेद्वारा नेपालगन्जमा आयोजना गरिएको ‘स्वास्थ्य सेवा तथा कार्यक्रमहरूको प्रथम चौमासिक समीक्षा तथा कार्य योजना गोष्ठी’ का क्रममा उत्कृष्ट पालिकाहरूलाई सम्मान गरिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सेवा तथा कार्यक्रमसँग सम्बन्धित विभिन्न सूचकहरूको आधारमा गरिएको मूल्याङ्कनमा डुडुवाले सबैभन्दा बढी अङ्क प्राप्त गरी सर्वोत्कृष्ट बन्न सफल भएको हो ।

मूल्याङ्कनका क्रममा पालिकाले सेवा प्रवाह, पहुँच विस्तार र कार्यक्रम कार्यान्वयनमा उत्कृष्ट प्रदर्शन गरेको देखिएको उनले बताए । डुडुवा गाउँपालिकाले विगतका वर्षदेखि नै स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै निरन्तर सुधारमुखी काम गर्दै आएको छ ।

त्यसको सकारात्मक प्रभाव स्वरूप स्वास्थ्य सेवाको पहुँच बढेको, सेवा प्रभावकारी बनेको र बिरामीलाई उपचारका लागि सहज भएको स्थानीयको अनुभव छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीका अनुसार डुडुवाले घरघरमा स्वास्थ्य सेवा पु-याउने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

हाल पालिकाका चार स्थानमा निःशुल्क प्रयोगशाला सेवा, ज्येष्ठ नागरिक गाउँपालिका अध्यक्ष कार्यक्रम, दुई वटा एम्बुलेन्स सेवा, सबै स्वास्थ्य संस्थामा सुविधा सम्पन्न आधारभूत सेवा, टाढा तथा सेवाबाट वञ्चित बस्तीमा थप स्वास्थ्य एकाइ स्थापना, सामुदायिक आँखा उपचार केन्द्र, नेपाल सरकारले उपलब्ध गराउने औषधि बाहेक मधुमेह, प्रेसर तथा जटिल रोगका लागि निःशुल्क औषधि, गाउँघर क्लिनिक, नियमित खोप तथा प्रसूति सेवा र स्वास्थ्य समस्या देखिनासाथ घरमै स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिँदै आएको छ ।

यसका साथै विपन्न नागरिकका लागि आँखा उपचार तथा शल्यक्रियामा सहयोग, नागरिक आरोग्य केन्द्र, हिरिमिनिया, कम्दी र बनकट्टी क्षेत्रमा घुम्ती भिडियो एक्स–रे सेवा, बेतहनीमा दैनिक सेवा सञ्चालन, तथा पाँच शैय्याको आधारभूत अस्पताल सञ्चालनको तयारीसमेत अन्तिम चरणमा पुगेको अध्यक्ष चौधरीले जानकारी दिए ।

यसै मूल्याङ्कनमा जानकी गाउँपालिका ७५.२१ अङ्कसहित दोस्रो र खजुरा गाउँपालिका ७१.९७ अङ्कसहित तेस्रो स्थानमा रहन सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?