Butwal Today

लमहीमा कार दुर्घटना

२४ पुष २०८२, बिहीबार
अ+
अ-

लमही, २४ पुस ।

सुर्खेतबाट बुटवल जाँदै गरेको कार लमहीमा दुर्घटना भएको छ ।

प्रदेश ३ ६१४३ नम्बरको कार  विपरीत दिसाबाट आउँदै गरेको मोटरसाइकल जोगाउने क्रममा अनियन्त्रित भएर लमही बजार  सुनक्खोली पुलबाट खोलामा खसेको छ ।  कार खोलामा खस्दा कारका सवार २  जना घाइते  भएका छन् ।

दुर्घटना  परि सुर्खेत  वीरेन्द्र नगर नगरपालिका -४ का ३८ वर्षीय सुरज थापा र सोही ठाउँ निवासी ४३ वर्षीय कार चालक गगन बहादुर थापा  घाइते भएको वडा प्रहरी कार्यालयले जनाएको छ । उनीहरूको  दुवै जनाको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ ।

प्राथमिक  उपचारका  लागि नेपालगन्ज  पठाउने तयारी  भएको लमही अस्पतालका डाक्टर   सुनिल चौधरीले बताए ।