Butwal Today

इरानमा विरोध प्रदर्शनमा हिंसा जारी, ३६ जनाको मृत्यु

२३ पुष २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

इरानमा पछिल्लो १० दिनदेखि जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।

इरानस्थित ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी (एचआरएएनए) का अनुसार मृतकमध्ये ३४ जना प्रदर्शनकारी र दुई जना सुरक्षाकर्मी छन् ।

इरानी अधिकारीहरूले भने हालसम्म मृतकको आधिकारिक संख्या सार्वजनिक गरेका छैनन् । यद्यपि, उनीहरूले तीन जना सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि गरेका छन् ।

बीबीसी फारसीका अनुसार अहिलेसम्म २० जनाको मृत्यु र पहिचान पुष्टि भइसकेको छ । एचआरएएनएका अनुसार हिंसात्मक घटनाका क्रममा ६० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने २ हजार ७६ जनालाई पक्राउ गरिएको छ ।

इरानमा महँगी र गहिरिँदो आर्थिक संकटका कारण सुरु भएको विरोध प्रदर्शन देशका ३१ प्रान्तमध्ये २७ वटामा फैलिएको छ ।