ट्रेंडिंग:

>> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)

खुल्ला सीमाको रजाइँ कि नियन्त्रण ? 

२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

नेपाल भारत खुल्ला सीमाका कारण तस्करी मौलाएको र त्यसकै कारण नेपाली उद्योग र तिनको उत्पादनमाथि प्रभाव परिरहेको गुनासो बारम्बार सुन्नमा आइरहन्छ ।

सरकारले भन्सारलाई कडाइ गर्नुका साथै सशस्त्र र नेपाल प्रहरीले सीमा क्षेत्रमा निगरानी गरेको कुरा पनि उत्तिकै आइरहन्छ तर तस्करी भने रोकिएको छैन, बरु यो नियमित प्रक्रिया जस्तैगरि झनै बढेको देखिन्छ ।

वर्षौँदेखि सीमावर्ती नेपालका उद्योगी व्यवसायीले खुला सीमाको कारण नेपाली बजार सुक्दै गएको गुनासो गर्दै आएका छन् । अहिले केही हदसम्म उनीहरूको माग सम्बोधन भएको छ ।

किनभने सरकारले पनि राजस्व सङ्कलनमा असर पुगेको भन्दै अवैध तस्करी तथा चोरी पैठारी नियन्त्रण गर्न प्रहरी प्रशासनलाई दबाब दिँदै आएको छ । भन्सारमा कडाइ हुँदा मात्रै पनि सरकारको राजस्वमा १० प्रतिशतको तलमाथि हुन्छ ।

तसर्थ सरकारको प्रयास एक हदसम्म राम्रो छ तर यता अवैध तस्करी भने मौलाएकै छ । प्रहरीले अवैध बस्तुको आयातमा नियन्त्रण गरि संलग्नमाथि कारबाही गर्दै आएको दाबी गरेको छ । तर पनि दिनहुँ तस्करीका सामान प्रहरीले बरामद गर्दै आएको छ ।

त्यसो त प्रहरीमाथि करोडको सामान विना भन्सार पास गर्दा हजारको सामान बरामद गरेको देखाउने गरेको आरोप लाग्दै आएको छ । वास्तवमा झिटी गुन्टामा दुईचार किलो चिनी, मरमसला लैजानेलाई प्रहरीले दुःख दिने गरेको तर ट्रकका ट्रक मालसामान पास हुँदा मौन रहने गरेको प्रहरी प्रशासनमाथि वर्षौँदेखि लाग्दै आएको आरोप हो ।

यो आरोपमा कति सत्यता छ, प्रहरी प्रशासनलाई थाहा होला तर सत्य के हो भने दुई चार सयको सामान ल्याउनेलाई झोला खोतलेर दुःख दिने गरेको हामी सवैले देखे भोगेको कुरा हो ।

प्रहरीले हरेक दिन अवैध सामान बरामद गरेको सूचना सार्वजनिक गर्छ तर एकैपटक लाखौ बराबरको माल तस्करी हुने गरेको कहिल्यै देखिदैन । प्रहरीले तस्करी नियन्त्रण गरेको दाबी गर्छ तर तस्करी नियन्त्रणले अर्थतन्त्रमा पुगेको प्रभाव कहिल्यै सर्वेक्षण गरिदैन ।

प्रहरीको दाबी बिपरित सीमावर्ती क्षेत्रका व्यवसायीले नेपाली बजार गुल्जार हुन नसकेको गुनासो गर्दै आएका छन् । खुला सीमाना भएको कारण छिमेकी भारतको त कुरै छाडौं, नेपाल तेस्रो मुलुकका कतिपय अपराधीहरूको आश्रयस्थल बन्दै आएको विगतका धेरै घटनाहरू साक्षी छन् ।

हामीकहाँ हुने अपराधहरूमा लागूऔषध, विदेशी मुद्रा, बहुमूल्य धातु, लोपोन्मुख जीव एवं वन्यजन्तुका अंगहरूको तस्करी आदि प्रमुख छन् । आपराधिक गिरोहको प्रभावमा परी नेपालीहरूसमेत विभिन्न किसिमका आपराधिक कार्यमा संलग्न हुँदै आएका छन् ।

नेपालीको संलग्नतामा हुने आपराधिक कार्यमा बहुमूल्य धातु सुनको तस्करी प्रमुख छ । सुन तस्करी हाम्रा लागि नयाँ र नौलो विषय होइन । यो निकै अघिदेखि हुँदै आएको हो तर त्यस्ता विषयमा सोधखोज, अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने काम भएन, बरु प्रायः सबैले उन्मुक्ति पाए ।

निश्चय नै अपराधीले आफ्नो अपराध कर्मको सफलताका लागि विभिन्न उपाय अपनाउँछ । सोझासिधा जनता जसले दुई किलो चिनी र चियापत्ती अनि बनियान किन्न दुईपैसा सस्तो हुन्छ कि भन्ने आशमा भारतको सीमावर्ती बजार जान्छन, उनीहरूलाई रोकेर के गर्नु ? करोडौं मूल्यको बस्तुहरू निर्वाध तस्करी भैरहेको छ ।

अहिले भन्सारमा कडाइ भएपछि खुला सीमाको प्रयोग गर्दै तस्करी गर्नेहरू मौलाउँदै गएका छन । सानातिना उपभोक्ताबाट भन्सार असूली गर्ने तर अर्कोतिर करोडौं मूल्यका तस्करीका सामान छोड्ने काम हुनु अस्वाभाविक होइन, नियमित प्रक्रिया जस्तै हो ।

अतः सरकारले अव भन्सारलाई कडाइ गर्नेतर्फ ध्यान देओस । तस्करी नियन्त्रणको प्रभावकारी उपाय र संयन्त्रको विकास गरोस् । भन्सारमा दुई चार किलो सामानमा कडाइ गर्ने तर तस्करीमा रजगज गर्ने वर्षौँदेखि चल्दै आएको बेथिती अन्त्य होस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?