Butwal Today

केपी ओलीले भने – देश जलाउनेहरू जेनजी होइनन्, देशद्रोही र अपराधी हुन्

२३ पुष २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गतेको आगजनी गर्नेहरूलाई देशद्रोही भनेका छन् ।

बुधबार, भूतपूर्व सैनिक तथा प्रहरी संगठनको स्थापना दिवस समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले आगजनी तत्कालको घटनाक्रमको उपज नभई आठ–दश वर्षदेखि तयारीको नतिजा भएको बताए ।

अध्यक्ष ओलीले भने, “देश जलाउनेहरू देशद्रोही हुन्, अपराधी हुन्, आन्दोलनकारी होइनन् । मैले जेनजीलाई भनेको होइन, उनीहरूले जलाएका होइनन्।”

उनले आगजनीमा जेनजी आन्दोलनमा घुसपैठ गरेर तोडफोड गरिएको बताए। ओलीको भनाइ अनुसार, “आत्मामा किनिएका, आत्मा बेचिएका तत्वले देश जलाएका छन्।”

अध्यक्ष ओलीले सो घटनामा साधारण मानिसहरू नभई विशेष व्यक्तिका फाइल भएको ठाउँमा खोजी–खोजी आगजनी गरिएको बताए। उनले भने, “खोजीखोजी त्यो ठाउँ जलाएको छ, जहाँ खास मान्छेका फाइल थिए। ट्रेन्ड मान्छे गएको छ।”

ओलीले सो घटना बिर्सन नसकिने भएकोले त्यसबाट अघि बढेर देश बनाउनुपर्ने र त्यसको नेतृत्व एमालेले गर्ने बताए ।