Butwal Today

सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घट्यो

२३ पुष २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

हिजो र अस्ति लगातार दुई दिन बढेको सुनको भाउ आज घटेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार भाउ घटेसँगै आज सुन तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँले बढेर तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै, अस्ति सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले बढेको थियो ।

यसैबीच, आज चाँदीको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेर आज तोलाको ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलामा १ सय ९५ रुपैयाँले बढेर तोलाको ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको थियो ।