© २०२३
बर्दिया। बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ८ दैलेखी टोलमा एक युवक मृत अवस्थामा फेला परेका छन्। स्थानीय सोही टोलका प्रकाश भन्ने अन्दाजी ३७ बर्षका खमान सिंह सार्कीको शव माछा पोखरीमा फेला परेको हो।
इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक अच्युत गिरीका अनुसार मृतक सार्की बढैयाताल वडा नं. ८ दैलेखि टोलमा फ्रेस हाउस सञ्चालन गर्दै आएका थिए।
उनी शिवहरी रानाभाटको सानो माछा पोखरीमा मृत अवस्थामा भेटिएका हुन्। स्थानीयवासीका अनुसार श्रीमतीसँग सम्बन्ध विच्छेद भएपछि सार्की दाजुसँगै बस्दै आएका थिए।
प्रारम्भिक अनुसन्धानका क्रममा अत्यधिक मदिरा सेवनका कारण पोखरीमा खसेर उनको मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ।
प्रहरी निरीक्षक गिरीका अनुसार मृतकको शरीरमा बाह्य चोटपटक देखिएको छैन। घटनाबारे थप अनुसन्धान गर्न शव पोष्टमार्टम गरिएको र रिपोर्ट आएपछि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।