Butwal Today

राष्ट्रिय सभा निर्वाचनका लागि काङ्ग्रेस-एमाले गठबन्धन

२३ पुष २०८२, बुधबार
अ+
अ-

दाङ, २३ पुस ।

राष्ट्रिय सभा सदस्य  निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेपाली काङ्ग्रेस-नेकपा एमालेले गठबन्धन गरेका छन् ।

दुई पार्टीबाट  तीन जनाको उम्मेदवारी परेको छ । नेपाली काँग्रेस र नेकपा एमालेको राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने सहमति अनुसार काङ्ग्रेसबाट चन्द्रबहादुर केसी,बासुदेव घिमिरे ‘जङ्गली’ र एमालेबाट रामकुमारी झाँक्रीको उम्मेदवारी परेको हो ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दाङको लमही नगरपालिका-२ निवासी घिमिरेले अपाङ्ग, केसी अन्य  र झाँक्री महिला कोटामा उम्मेदवारी दर्ता गराएका  हुन् ।

घिमिरेको प्रस्तावमा दाङको बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री र समर्थकमा बङ्गला चुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी रहेका छन् ।

गुल्मी रेसुङ्गा नगरपालिका-३ निवासी केसीको प्रस्तावकमा दङ्गी शरण गाउँपालिका अध्यक्ष शम्भु गिरी र समर्थकमा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत रहेका छन् ।

त्यसै गरी झाँक्रीको  प्रस्तावकमा घोराही उपमहानगरपालिका प्रमुख  नरुलाल चौधरी र समर्थकमा घोराहीकै उपप्रमुख हुमा कुमारी डिसी रहेका छन् ।

उम्मेदवारी दर्ताका लागि काङ्ग्रेस-एमालेका  संयुक्त उम्मेदवारहरू र्‍यालीसहित  निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।