© 2026
काठमाडौँ ।
पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेका नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले तयारीका लागि १८ उपसमिति गठन गरेका छन् ।
पक्षधरको सूचना प्रसार प्रचार उपसमितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी १८ उपसमिति गठन गरिएको जानकारी दिएको हो ।
समितिका संयोजक सुवास पोखरेलले पत्रकार सम्मेलनमा उपसमिति गठन गरिएको जानकारी दिएका हुन् । उक्त पत्रकार सम्मेलनमा पुस २७ र २८ गते भृकुटी मण्डपमा विशेष महाधिवेशन हुने पनि घोषणा गरिएको छ ।
