ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

बन्यो पुल, भयो सुविधा 

“झुम्सा र बेल दमार खोलामा पुल बनेपछि स्थानीयको आवत–जावत, बालबालिका र कृषकका लागि जीवन अझ सहज बन्दै”
२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

पाल्पा ।

तिनाउ गाउँपालिका दोभानका ५७ वर्षीय खुमान सि. दर्लामी अब वर्षभर गाउँपालिकाको केन्द्रसम्म सहजै पुग्न सक्ने भएका छन् र उनी निकै खुसी छन् ।

अघिल्लो समयमा वर्षा याममा खोलामा पानी बढ्दा आवत–जावत कठिन हुन्थ्यो । विद्यालय जाने बालबालिकाहरू प्रायः वर्षा याममा साथीको घरमा बस्न बाध्य हुन्थे । अब खोलामा पुल बनेपछि यात्रा निकै सहज भएको स्थानीयहरू बताउँछन् ।

पुलको निर्माणपछि स्थानीय कृषकहरूले वर्षायाममा पनि वनबाली र अन्नबाली बजार पुर्याउन सक्ने भएका छन् । वर्षा याममा झमझम पानी परेको बेलामा प्रसव (सुत्केरी)  पीडा भोगिरहेका महिलालाई स्वास्थ्य संस्थामा पुर्याउन पनि सहज भएको स्थानीय माया कुमारी घर्तीले बताइन् ।

स्थानीयले पटक–पटक उठाएको माग प्रदेश सरकार र स्थानीय सरकारद्वारा सुनुवाइ भएपछि झुम्सा खोलामा मोटर गुड्ने पुल निर्माण गरिएको हो ।

सडक पूर्वाधार कार्यालयका इन्जिनियर विक्रम बुढाका अनुसार, झुम्सा खोलामा सिगल स्पानको ३५ मिटर लम्बाइ, १० मिटर चौडाइको पुल निर्माणको लागि ३ करोड ४७ लाख ५८ हजार रुपैयाँ प्रस्तावित भएकोमा ३ करोड ४१ लाखमा सम्पन्न भएको छ ।

प्रदेश सरकारको आर्थिक–प्राविधिक सहयोगमा तिनाउ गाउँपालिकाको दोभानमा बेल दमार खोलामा पनि ३५ मिटर लम्बाइ, १० मिटर चौडाइको पुल निर्माणको काम अघि बढिरहेको छ ।

पूर्वखोला गाउँपालिकाको सिमल्दी खोलामा १६ मिटर लम्बाइ, १० मिटर चौडाइको मोटरवाल पुल निर्माणको लागि ३ करोड ७५ लाख ४१ हजार रुपैयाँमा ठेक्का सम्झौता भई काम सुरु भएको छ ।

निस्दी गाउँपालिकाको सानो गल्धाका स्थानीयहरू पनि अब वर्षौँको सास्तीबाट मुक्त हुने देखिन्छन् । आगामी २ वर्षभित्र निस्दी खोला माथि मोटरवाल पुल निर्माण सम्पन्न हुने कार्यालयका प्रमुख वासुदेव भण्डारीले बताए ।

सिमल्दी खोलामा डबल स्पानका ५२ मिटर लम्बाइ, १० मिटर चौडाइको पुल ६ करोड ८ लाख ९ हजार रुपैयाँमा ठेक्का सम्झौता भई निर्माण हुने बताइएको छ ।

त्यस्तै, स्थानीय सरकारले सम्पन्न गर्न सक्ने साना–साना पुल र कल्भर्टहरूको लागि पनि प्रदेश सरकारले प्रस्ताव पेश गरेको छ । उदाहरणका लागि, माडी फाटमा ९ मिटर लम्बाइ, १० मिटर चौडाइको कल्भर्ट ९३ लाख ९५ हजारमा सम्पन्न भएको छ भने तानसेन नगरको तेल्घामा १२ मिटर लम्बाइ, १० मिटर चौडाइको कल्भर्ट ९६ लाख ८० हजार ७८ रुपैयाँमा निर्माण सम्पन्न भएको छ ।

पूर्वाधार कार्यालयका प्रमुख भण्डारीका अनुसार, योजना असीमित भए पनि स्रोत र साधन सीमित भएकाले जनताका आधारभूत आवश्यकताहरू पूरा गर्न चुनौती भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?