अर्घाखाँची ।
नेकपा एमाले अर्घाखाँचीले टाेपबहादुर रायमाझी सहित ५ जनाकाे नाम अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभाकाेलागि सिफारिस गरेको छ ।
एकवटा निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि पुर्पक्षका लागि जेलमा रहेका टाेपबहादुर रायमाझी सहितका ५ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हाे ।
नेकपा एमाले अर्घाखाँचीकाे आज बसेकाे जिल्ला कार्य समितिको बैठकले नेता टाेपबहादुर रायमाझी, जिल्ला अध्यक्ष पिताम्वर भुसाल, केन्द्रीय सदस्य बाेमबहादुर विश्वकर्मा, नेता भाेजबहादुर शाह र पुर्व सांसद बिजुला रायमाझी गरि ५ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको नेता लिलबहादुर विकले बताएका छन् ।
भुटानी शरणार्थी प्रकरणमा नेता रायमाझी पुर्पक्षका लागि थुनामा रहेका छन् ।