© 2026
काठमाडौँ ।
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) बिहान ८:४५ बजे गरेको मापनअनुसार काठमाडौँको न्यूनतम तापक्रम ३ दशमलव शून्य डिग्री सेल्सियस रहेको हो । यसअघि आजै बिहान ५:४५ बजे गरिएको प्रारम्भिक मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको थियो ।
दिनभरिमा सबैभन्दा तल पुगेको तापक्रमलाई न्यूनतम तापक्रम मानिन्छ । हिजो सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो भने आइतबार ४ डिग्री सेल्सियस मापन गरिएको थियो । केही दिनयता काठमाडौँको न्यूनतम तापक्रम लगातार घट्दै गएको छ, जसले चिसो बढ्दै गएको संकेत गर्छ ।
देशभर नै तापक्रम घट्दो क्रममा रहेको र चिसो बढ्दै गएको मौसमविद्हरूले बताएका छन् । आज देशभर सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ६ दशमलव १ (-६.१) डिग्री सेल्सियस मापन गरिएको छ भने सबैभन्दा बढी न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।
हेर्नुहोस् तापक्रम सूची:
