© 2026
काठमाडौँ ।
काठमाडौँको गैरीगाउँमा भीषण आगलागी भएपछि अहिले काठमाडौँ महानगरपालिकाका चार दमकल घटनास्थलमा पुगेका छन् ।
मंगलबार गैरीगाउँस्थित कारखाना छेउमा रहेको टहरोमा आगलागी भएको हो । नगर प्रहरीका अनुसार अहिले चार दमकल पठाइएको छ भने ललितपुरको दमकल पनि घटनास्थलतर्फ लगाइएको छ ।
महानगरको विपद् व्यवस्थापन विभाग प्रमुख समेत रहेका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले भने, “हाम्रो चार दमकल पुगिसक्यो, ललितपुरबाट पनि मगाएको छौँ । थप सहयोग पनि मागिरहेका छौँ । मानिसको भिडभाड भएकोले नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ । नियन्त्रणका प्रयास जारी छन् ।”