ट्रेंडिंग:

>> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा

निर्वाचनप्रतिको बढ्दो उत्साह 

२२ पुष २०८२, मंगलवार
२२ पुष २०८२, मंगलवार

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि विभिन्न राजनैतिक दलहरूले उम्मेदवार सिफारिस गरिरहेका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले लगायतका राजनैतिक दलहरूले करिब करिब उम्मेदवार सिफारिस टुङ्गो लगाइसकेका छन् । दलहरूमा देखिएको निर्वाचनप्रतिको उत्साहले अव फागुन २१ गते नै निर्वाचन हुन्छ भन्ने आधार तयार भएको छ ।

दलहरूको उम्मेदवारी सिफारिसले देशै भरी उत्साह थपेको छ । उम्मेदवारी सिफारिसमा देखिएको उत्साहले मतदाताहरू निर्वाचनमार्फत आफ्ना प्रतिनिधि छान्न व्यग्र प्रतीक्षामा छन् भन्ने पुष्टि गरेको छ ।

आगामी पाँच वर्षका लागि देशको शासन चलाउने प्रतिनिधि छान्न नेपाली जनता उत्साहित भएको कुरा यो उम्मेदवार सिफारिसले स्पष्ट गरेको छ । उता सरकार पनि निर्वाचन जसरी पनि गराउने एकसूत्रीय नीतिमा अडिग देखिएको छ ।

दलहरूमा देखिएको उत्साहले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न हुने कुराको सुनिश्चित गरेको छ । उम्मेदवारी सिफारिसमा भैरहेको सौहार्दताले निर्वाचनको वातावरण तयार भएको महसुस भएको छ ।

जेहोस् निर्वाचन हुन्छ कि हुन्न भन्ने आशंकावीच सरकारले निर्वाचनको आधार तयार गरेर निर्धारित मितिमै निर्वाचन गराउने जुन प्रतिवद्धता गरेको छ त्यसले देश सही ‘ट्रयाक’ मा छ भन्ने सुनिश्चित पनि गरेको छ भन्दा अत्युक्ति हुँदैन ।

धेरै दलहरूले उम्मेदवार सिफारिसको टुङ्गो लगाइसकेका छन् । यसले गर्दा आम नेपाली जनता तथा मतदाताहरूमा उत्साह देखिएको छ । अव विगतको समीक्षा गर्दै नयाँ सरकार राम्रो सरकार वनाउने विषयमा मतदाताहरू सचेत र चनाखो बन्नुपर्ने अवस्था आएको छ ।

नेपाली जनताका सामु फेरी एकपटक विवेक प्रयोग गर्ने अवसर आएको छ । त्यो विवेकको सही प्रयोगले नेपाल आगामी पाँच बर्षभित्रमा विकासको एक चरणमा पुग्नेछ । अर्कोतर्फ उम्मेदवारी मनोनयनले वास्तवमा अव चुनाव हुने निश्चित भएको भन्दै मतदाता समेत थप उत्साहित वनेका छन् ।

अव फागुन २१ को चुनावलाई जसरी पनि सफल बनाउने कुरामा सरकारसंगै स्वयं दलहरू पनि जिम्मेवारी बोधका साथ अघि बढ्नु जरुरी छ । अवको निर्वाचनलाई कोही कसैले अवरोध गर्न सक्दैन भन्ने सन्देश सरकारले पनि दिनु आवश्यक छ ।

यद्यपि ६ वटा कम्युनिष्ट घटकले यो निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् । यो दुर्भाग्यपूर्ण छ । नेपालका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको अर्को विकल्प हुन सक्दैन ।

यो व्यवस्थामा कहिँकतै कमजोरी होला तर यसलाई राजनैतिक दलहरूको सहमतिमै सुधार गर्न सकिन्छ । सुधारको गुञ्जाईसको बाटो नगैकन अर्को बाटो समात्नु राम्रो होइन । नेपाली जनताले तथा जेनजी युवाले चाहेको र खोजेको परिवर्तन पनि यही हो । तसर्थ निर्वाचनको विरोधमा रहेका दलहरू अझैपनि समय छ उनीहरू निर्वाचनमा आउनै पर्दछ ।

निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नेतर्फ निर्वाचनमा भाग नलिने घोषणा गरेका दलहरूको भूमिका बिथोल्ने भन्दा पनि सकारात्मक होस् । जेनजी युवाहरूले समेत निर्वाचनमै जानुपर्ने र त्यसबाट मुलुकलाई नयाँ निकास दिनुपर्ने धारणा राखिरहेका छन् ।

यद्यपि जेनजीबीचमा पनि धेरै फरक बिचार छ । तर, पराजयको भयले निर्वाचनमा प्रतिष्पर्धा नगर्ने मनसाय हो भने ६ वटा कम्युनिष्ट घटकले गरेको निर्णय होइन । कम्तीमा आफ्नो दलप्रतिको जनताको धारणा बुझ्न पनि निर्वाचन अपरिहार्य आवश्यकता हो ।

तसर्थ अहिलेसम्म जे भयो त्यसको समिक्षा गर्दै आगामी दिनमा निर्वाचनमा भाग लिने वातावरण ती दलहरूले पनि तयार गर्नुपर्दछ । अहिले जनतामा निर्वाचनको लहर सिर्जना भएको छ । अव निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउने अभिभारा सरकारको काँधमा आएको छ ।

सुशीला कार्की नेतृत्वको सरकारले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा सवैको सहयोग र साथ लिएर अघि बढ्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?