ट्रेंडिंग:

>> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ? >> हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो

पर्यटक आगमनले बढाएको आशा 

२१ पुष २०८२, सोमबार
२१ पुष २०८२, सोमबार

नेपालका लागि एउटा खुसीको कुरा गत वर्ष भन्दा यो वर्ष धेरै विदेश पर्यटकले नेपालको भ्रमण गरेका छन् ।

सन् २०२५ मा ११ लाख ५८ हजार ४ सय ५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै उक्त सङ्ख्यामा पर्यटक नेपाल भित्रिएका हुन् ।

सन् २०२४ मा भने ११ लाख ४७ हजार ५ सय ४८ पर्यटक नेपाल भित्रिएका थिए । यद्यपि तथ्याङ्कले करिब १० हजार धेरै पर्यटक मात्रै यो वर्ष नेपाल आएको देखिन्छ तर १० हजारले पार्ने प्रभावको महत्त्व ठुलो छ ।

नेपालमा यही मात्रामा बर्सेनि पर्यटक बढ्ने हो भने निश्चित रूपमा नेपालमा उत्पन्न आर्थिक सङ्कट समाधानमा टेवा पुग्न सक्छ । नेपालको आर्थिक मन्दी अर्को वर्षसम्म समाप्तिको सम्मुख पुग्ने हुने आशा गर्न सकिन्छ ।

निश्चित रूपमा पर्यटक आगमनले नेपालीलाई खुसी बनाएको छ । जसको कारण नेपालको आर्थिक समृद्धिमा टेवा पुग्नेछ । यसले पर्यटन क्षेत्रमा आशाको किरण छाएको छ । पर्यटन बोर्डका अनुसार गत बर्षभन्दा यो वर्ष नेपाल भित्रिने विदेशी पर्यटकको वृद्धिले नेपालको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न सक्छ ।

गत अघिल्लो वर्षको डिसेम्बरमा कुल ८८ हजार हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यो वर्षको सोही अवधिमा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका छन् । डिसेम्बरमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् ।

यद्यपि अहिले नेपाल आउने सिजन पनि हो । अहिले पनि भारतबाट आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । भारतको पर्यटक आगमन हरेक महिना बढ्दो क्रममा छ । यसले के देखाउँछ भने उत्तर प्रदेशको करिब ३५ करोड जनसङ्ख्यामध्ये ५ प्रतिशत मात्रै पनि नेपाल ल्याउन सकियो भने नेपालको विकासमा आमूल परिवर्तन गर्न सकिन्छ । अबको दिनमा उनीहरूको बसाई अवधि लम्ब्याउनेतर्फ पहल जरुरी छ ।

नेपालले पर्यटन क्षेत्रलाई विदेशी मुद्रा आर्जनको भरपर्दो श्रोत बनाउन सक्छ तर त्यसका लागि नेपालले अझै मेहनत भने गर्नुपर्नेछ । त्यसका लागि सम्बद्ध पक्ष गम्भीर हुनुपर्दछ । नेपालमा अबको दिनमा निर्वाचनमार्फत स्थिर सरकार निर्माण भयो भने मात्रै यी कुरा सम्भव छ । सबैभन्दा पहिले राजनैतिक स्थायित्वको आवश्यकता छ ।

त्यसपछि मात्रै विकासको कुरा हुनसक्छ । अतः नेपालमा पर्यटक आगमन बढाउन राजनैतिक स्थिरता सबैभन्दा प्राथमिकतामा हुनुपर्दछ । अबको दिनमा पर्यटन क्षेत्रबाट सम्मृद्धिको आशा जगाउने प्रमुख गन्तब्य गौतमबुद्धको जन्मस्थल लुम्बिनी पनि हो । यसमा कुनै विवाद छैन तर त्यसका लागि भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित संचालन हुनु जरुरी छ ।

नेपालसंगै लुम्विनीमा अहिले भारतीयदेखि तेश्रो मुलुकका पर्यटकको चहलपहल बढेको छ । पर्यटक आगमनको सिजन भएकोले पनि लुम्विनीमा पर्यटन क्षेत्रले आशा जगाएको छ । अबको दिनमा अर्बौ लगानी गरि खुलेका होटल व्यवसायमाथि धराप हुने खालको कुनैपनि कृयाकलाप हुनुहुँदैन ।

होटल व्यवसायीले निर्वाधरूपमा व्यवसाय संचालन गर्ने वातावरण बन्यो भने मात्रै यस क्षेत्रको पनि आर्थिक विकासमा टेवा पुग्न सक्छ । तसर्थ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई गुल्जार बनाउनेतर्फ छिटो पहल होस् ।

व्यवसायीहरूको बर्षौंदेखिको माग यही हो । अतः विमानस्थल ‘फूल फेजमा’ संचालन नहुँदा पर्यटक आगमन कम हुने भएकोले अबको दिनमा तगारा हटाउनेतर्फ पहल होस् ।

अहिले जसरी नेपालमा अघिल्लो बर्षभन्दा यो सन २०२५ मा पर्यटक आगमन बढेको छ, त्यसरी नै अर्को बर्षमा समेत पर्यटक आगमन बढाउने हो भने लुम्बिनी लगायतका मूख्य पर्यटन क्षेत्रको विकासमा ध्यान पु¥याउनु जरुरी छ ।

पर्यटक आगमन बढाउने हो भने पर्यटन पूर्वाधार विकासमा पनि जोड दिनु अबको आवश्यकता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?