Butwal Today

साढे ३ महिना रिक्तपछि राष्ट्रिय अनुसन्धान विभागको एआईजीमा खड्का

२१ पुष २०८२, सोमबार
अ+
अ-

काठमाडौँ, २१ पुस ।

सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक (एआईजी) पदमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । यसअघि राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख तथा मुख्य अनुसन्धान निर्देशक हुतराज थापा अवकाशमा गएपछि ५ असोजमा एआईजी टेकेन्द्र कार्कीलाई मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरिएको थियो ।

कार्की मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएसँगै एआईजीको एक पद रिक्त भएको थियो । तर साढे तीन महिनासम्म सरकारले उक्त पदमा कसैलाई बढुवा नगरेको अवस्थामा राखेको थियो ।अन्ततः साढे तीन महिनापछि बढुवाको पहिलो दाबेदार मानिएका खड्का एआईजीमा बढुवा भएका हुन् ।