Butwal Today

माधव नेपालको पार्टी खारेज गर्न ओलीले दायर गरेको रिट सर्वोच्चद्वारा अस्वीकार

२१ पुष २०८२, सोमबार
अ+
अ-

 काठमाडौं, २१ पुस ।

सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को दर्ता खारेज हुनुपर्ने माग अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय डा. मनोज शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट निवेदन खारेज गरेको हो । माधव–झलनाथ समूहले एमालेबाट अलग भएर निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दर्ता गराएपछि ओलीले त्यसको दर्ता खारेज हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

रिट निवेदन खारेज गरेसँगै सर्वोच्च अदालतले केही निर्देशनात्मक आदेश जारी गर्ने जनाएको छ । तर, उक्त निर्देशनात्मक आदेश हालसम्म जारी गरिएको छैन ।