© 2026
काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा दिल्ली प्रस्थान गरेकी छन् ।
उनी कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री हुन् । देउवाको सचिवालयले जानकारी दिएको अनुसार डा. राणा सोमबार दिउँसो २ बजे काठमाडौँबाट दिल्ली प्रस्थान गरेकी हुन् ।
उनी भारतमा फलोअप उपचारका लागि गएकी हुन् । आरजुले भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा २०७९ साल साउनमा पाठेघरको शल्यक्रिया गराएकी थिइन् । सचिवालयका अनुसार यही शल्यक्रियाको फलोअपका लागि उनी दिल्ली गएकी हुन् । फलोअप उपचारका लागि गएको भए पनि दिल्लीमा रहँदा उनले सुरक्षा अधिकारी र राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने प्रयास गर्ने कांग्रेस नेताहरू बताउँछन् ।
यसअघि आइतबार साँझ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि भारत पुगेका थिए ।