दाङ । दाङमा श्रीमतीलाई हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले शान्तिनगर गाउँपालिका वडा नम्बर २ केराघारीका २१ वर्षिय सुमन आले मगरलाई श्रीमती हत्याको आरोपमा पक्राउ गरेको हो ।
आलेलाई तुलसीपुर–५ न्युरोडस्थित शिशिर गेष्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिए ।
सुमनले श्रीमती १७ वर्षिय खीमा परियारलाई यहि पुस १२ गते बिहान तुलसीपुर–५ न्युरोडस्थित रुकमेली गेष्ट हाउसमा सामान्य विवादका कारण कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भिर घाइते परियारको नेपालगञ्जमा उपचारको क्रममा पुस १८ गते निधन भएको प्रवक्ता शाहले जानकारी दिए । हत्याको आरोपमा पक्राउ परेका सुमनलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।