ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

सडकमै ट्राफिक जनचेतना (तस्वीरहरु)

२० पुष २०८२, आइतबार
२० पुष २०८२, आइतबार

बुटवल । यात्रुवाहक बस, चालक, मजदुर र यात्रुका लागि सवारी दुर्घटना न्यूनीकरण, व्यवस्थापन र ट्राफिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ ट्राफिक प्रहरी सहित सवारी धनी, मजदुर र अभियन्ताहरु सडकमै उत्रेका छन्।

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को संयोजनमा ट्राफिक प्रहरी र विभिन्न संघसंगठनको सहभागितामा दुर्घटना न्यूनिकरणका लागि सडकमै पुगेर सवारी साधनको चेकजाँचसँगै अनुगमन र ट्राफिक जनचेतना कार्यक्रम सञ्चालन गरिएको हो।

सवारी साधनहरुको कागजपत्र चेकजाँच गर्ने, साधनको यान्त्रिक अवस्थाका बारेमा जानकारी लिने तथा चालक, सहचालक र यात्रुहरुलाई ट्राफिक शिक्षा प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.का सञ्चालक तथा दुर्घटना न्यूनिकरण अभियानका संयोजक नारायण घिमिरेले बताए।

सवारी साधनको कन्डिसन, सार्वजनिक यातायात क्षेत्रका चालक र सहचालकले गर्नुपर्ने व्यवहार तथा यात्राका क्रममा यात्रुहरुले ध्यान दिनुपर्ने कुराहरुका बारेमा जनचेतनामूलक कार्यक्रम संचालन गरिएको संयोजक घिमिरेको भनाई थियो।

दुर्घटना न्यूनिकरणका लागि सवारी चालक, सहचालक, बसका यात्रुहरु र पैदल यात्रुहरुले समेत ध्यान दिनुपर्ने कुराहरुका बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय बुटवलका प्रहरी निरिक्षक रुद्रनाथ गिरीले बताए।

यसप्रकारको कार्यक्रमले जनचेतना अभिवृद्धि भै चिसो मौसम, शितलहर, बाक्लो हुस्सुका कारण हुनसक्ने दुर्घटना न्यूनिकरणमा सघाउ पुग्ने विश्वास ब्यक्त गर्दै निरिक्षक गिरीले सवारी साधनको यान्त्रिक अवस्था र पैदन यात्रुहरुको कारण दुर्घटना हुने जोखिम बारेमा जानकारी गराइएको बताए।

चिसो, हुस्सु र कहिरो बढेसँगै पछिल्लो समय पश्चिम नेपाल बस प्रा.लि.ले सम्भावित दुर्घटना हुने क्षेत्रमा सवारी व्यवस्थापन, तथा दुर्घटना न्यूनिकरणका लागि स्थलगत अनुगमनलाई तिब्रता दिएको छ।

बुटवलदेखि बर्दघाट, त्रिबेणी, परासी, महेशपुर, भैरहवा, सुनौली, लुम्बिनी, चन्द्रौटा, कृष्णनगर रुटमा सडकमै पुगेर सवारी साधनको चेकजाँचसँगै अनुगमन र ट्राफिक जनचेतना प्रदान गरिएको प्रा.लि.ले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?