ट्रेंडिंग:

>> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा

नदोहोरियोस् विमान दुर्घटनाको नियति 

२० पुष २०८२, आइतबार
२० पुष २०८२, आइतबार

उद्धारमा गरिएको सक्रियताले बुद्ध एयरको जहाज शुक्रबार राती ठुलो दुर्घटनाबाट जोगिएको छ ।

भद्रपुर विमानस्थलमा अवतरण भैसकेको जहाज पाइलटको असावधानीले रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेको अवस्थामा उद्धारमा भएको तदारुकताले मानवीय क्षति हुन पाएन । यद्यपि सात जना यात्रु सामान्य घाइते भएका छन् ।

यसमा पनि पाइलटको लापरबाही देखिएको छ । किनभने अवतरण भैसकेको जहाजलाई अन्तिम विन्दुमा राख्न पाइलटले लापरबाही गरेका थिए । यद्यपि बुद्ध एयरले जहाज दुर्घटनाको विस्तृत छानबिनका लागि नागरिक उड्डयन प्राधिकरणलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

शुक्रबार राती काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज रन–वे बाहिर जाँदा दुर्घटनामा परेको थियो । पाइलटले एक क्षणको लापरबाही गर्दा ५१ जना यात्रुको ज्यान जोखिममा प¥यो । जे होस यो दुर्घटना टरेको छ तर अबको दिनमा जहाल अवतरण भइसकेपछि पाइलट ढुक्क हुनुहुँदैन भन्ने यो घटनाले देखाएको छ ।

सानो कमजोरीले पनि ठुलो क्षति हुन सक्छ भन्ने यो उदाहरण हो । जहाजको कुरा मात्रै होइन, साना सवारीका साधनबाट हुने दुर्घटनाले पनि ठुलो मानवीय क्षति गर्दै आएको प्रशस्तै उदाहरण छ ।

गत पुस २ गते रुपन्देहीकै कञ्चन गाउँपालिकामा जिपले ठक्कर दिँदा १७ वर्षीय ई शान शर्माको मृत्यु भएको घटना बाहिरिएको छ । यद्यपि मृतक परिवारले इशानको हत्या भएको भन्दै बृहत् छानबिनको माग गरेका छन् । इशानको जीपको ठक्करबाट मृत्यु भएको हो भने चालकले लापरबाही गरेको हो भन्दा अत्युक्ति हुँदैन ।

चालकले मदिरा सेवन गरि जीप चलाएको कुरा पनि बाहिर आईरहेको छ । सत्यतथ्य कुरा के हो त्यो अव केही दिनभित्रै बाहिर आउने छ । भन्न खोजिएको कुरा के हो भने चालकले केही क्षण संयम गुमाउँदा ठुलो दुर्घटना हुन सक्छ ।

यस्ता थुप्रै उदाहरण छन जो चालकको क्षणभरको लापरबाही र गल्तीले ठुलो मानवीय क्षति भएको छ । यो बर्षौदेखिको नियति हो । यातायात व्यवसायीले चालकलाई जिम्मेवार बनाउन नसक्दाको परिणाम पनि हो ।

यातायात व्यवसायी र सम्बद्ध संघ संस्थाहरूले चालकहरूलाई बेला बेलामा प्रशिक्षण पनि दिदै आएका छन तर पनि चालकहरू जिम्मेवार नबन्दा दुर्घटना बढिरहेको छ । चालकहरूमा स्टेरिङ समातेपछि हिटलर बन्ने प्रवृत्ति मौलाएको छ ।

अझै टिप्परबाट बढी आतंकित हुनुपरेको तीतो यथार्थ हो । अर्कोतर्फ चालकले गल्ती गरेपनि प्रतिबाद गर्ने यातायात व्यवसायीमा गलत परम्परा बसेकोे छ । चालकलाई जिम्मेवार बनाउन स्वयं यातायात व्यवसायीको ध्यान जानु जरुरी छ ।

आजभन्दा तीन बर्षअघि माघ १ गते पोखरामा भएको यति जहाज विमान दुर्घटनामा पनि पाइलटको लापरबाही देखिएको थियो । जहाज सहायक पाइलटले उडाउँदै गर्दा विगतको रुट विपरित अवतरण गराउने प्रयासमा केही सेकेण्डको गल्तीले ७२ जनाको अनाहकमा ज्यान गयो । जाँचबुझ आयोगले समेत यही निष्कर्ष दिएको थियो ।

भोलीका दिनमा समेत क्षणिक गल्तीले यस प्रकारको क्षतिको नियति नदोहोरियोस् । दुर्घटनाको निरन्तर श्रृंखलाले आम मानिसले कहिलेसम्म यस प्रकारको नियति भोगिरहने ? चिन्ताको कुरा छ ।

सवै चालकलाई एउटै कसीमा राख्न मिल्दैन तर चालक हो भन्दैमा लापरवाहीलाई छुट दिन पनि सकिदैन । यस बिषयमा सरकारका संयन्त्रहरूको ध्यान पुग्नु अत्यावश्यक छ ।

सरकारले सडक सुधार गर्ने र चालक तथा यातायात व्यवसायीले आफ्नो जिम्मेवारीबोध गर्ने हो भने दुर्घटना नियन्त्रण हुन सक्छ । तसर्थ चाहे आकासको होस, चाहे जमिनको नै किन नहोस, दुर्घटनाको नियतीले तेरो मेरो केही भन्दैन । तसर्थ दुर्घटनामा हुने मानवीय र भौतिक क्षतिप्रति सवै जिम्मेवार बन्नु जरुरी छ ।

क्षणिक लापरवाहीले हुने ठुलो मानवीय क्षति रोक्ने बिषयमा सवैको ध्यान जाओस् । भद्रपुर विमान दुर्घटनाले पाठ सिकाओस् । चालकको क्षणिक लापरवाहीले ठुलो मानवीय र भौतिक क्षति हुनेहुँदा उनीहरू संयमित, जिम्मेवार र जवाफदेही बन्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?