Butwal Today

लोसपाद्वारा रुपन्देहीबाट उम्मेदवार सिफारिस

२० पुष २०८२, आइतबार
अ+
अ-

भैरहवा। लोकतान्त्रिक समाजवादी पार्टी नेपालले रुपन्देही जिल्लाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्ष तर्फका उम्मेदवारको नामावली सिफारिस गरेको छ। पार्टीको २० गते बसेको बैठकले क्षेत्र नम्बर ३,४ र ५ बाट एकल उम्मेदवारहरु सिफारिस गरेको छ।

लोसपाका जिल्ला अध्यक्ष रवि कुमार रौनियारले क्षेत्र नम्बर ३ बाट श्रीनिवास यादव, क्षेत्र नम्बर ५ बाट सर्वेन्द्रनाथ शुक्ला र क्षेत्र नम्बर ४ बाट मोहम्मद इस्लामको नाम सिफारिस गरि केन्द्रिय समितिमा पठाएको जानकारी दिए।

यो निर्णय आगामी निर्वाचनको तयारीको क्रममा पार्टीको आन्तरिक छलफल र सिफारिस प्रक्रियामा आधारित गरिएको भएर गरिएको रौनियारले बताए। उनका अनुसार पार्टीले उम्मेदवारहरुको नाम सिफारिस गरेसँगै चुनावी अभियानको तयारी पनि तीव्र बनाउने बनाएको छ।

रुपन्देही जिल्लाबाट उम्मेदवारको सिफारिस गरिने यो प्रक्रिया पार्टीको लोकतान्त्रिक मूल्य र दृष्टिकोणलाई समर्पित रहेको र आगामी निर्वाचनमा विजय हासिल गर्ने उद्देश्य राखेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?