© २०२३
पाल्पा, २० पुस ।
प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) पाल्पाले उम्मेदवारको नाम सिफारिस गरेको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पूर्व अर्थ मन्त्री विष्णुप्रसाद पौडेलसहित चार जनालाई सिफारिस गरेको हो । सिफारिस हुनेमा केन्द्रीय सदस्य ठाकुर गैरे, संविधानसभा सदस्य नारायणी शर्मा घिमिरे र नेता रामबहादुर राउत रहेका छन् ।
२०५१ सालको मध्यावधि निर्वाचनमा पाल्पा क्षेत्र न ३ बाट निर्वाचित पौडेल यस अगाडी रुपन्देहीबाट निर्वाचित भएका कारण उनको मात्र एकल सिफारिसका लागि कार्यकर्तामा मत विभाजन भएको थियो ।
त्यस्तै ठाकुर गैरे विद्यार्थी राजनीतिबाट उदाएका हुन भने उनी पाल्पा २ का निवर्तमान संसद् हुन् । राम बहादुर राउत भने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको सल्लाहकार थिए । उनी भदौमा भएको जेनजी आन्दोलनपछि उनको पद खारेजीमा परेको थियो । नारायणी शर्मा पहिलो संविधान सभाको सामुनपातिक सभासद् हुन् ।
शनिबार क्षेत्रीय कमिटीको बैठकबाट एमालेले पाल्पा क्षेत्र नं. १ बाट ६ जना र क्षेत्र नं. २ बाट ४ जनाको नाम सिफारिस गरेको हो । जसमा क्षेत्र नं. २ बाट एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नामसहित अन्य तीन जनालाई सिफारिस गरेको छ ।
यस्तै पाल्पा क्षेत्र नं. १ बाट एमालेका केन्द्रीय सदस्य नारायणप्रसाद आचार्य, लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय लेखा आयोगका सदस्य निल सारू, जिल्ला उपाध्यक्ष विमल काफ्ले, शिव अर्याल र दुर्गादेवी रानाको नाम सिफारिस गरिएको एमाले पाल्पाले जनाएको छ ।