ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

कतारमा तमु समुदायले उल्लासपूर्वक मनाए तमु ल्होसार (फोटो फिचर) 

१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार
कतार, १९ पुस ।
कतारमा रहेका तमुहरूले राष्ट्रिय पर्व “तमु ल्होसार”उत्साहपूर्वक मनाएका छन् । “तमुहरूको एकता,आजको आवश्यकता” भन्ने मूल मन्त्रका साथ तमु (गुरुङ) समाज कतार र तमु प्ये ल्हु संघ, शाखा कतारको संयुक्त आयोजनामा गुरुङ जातिको राष्ट्रिय पर्व “तमु ल्होसार” धूमधामका साथ मनाएका हुन् ।
शुक्रवार कतारको वाक्रामा अवस्थित मोनार्क ईन्टरनेशनल स्कुलको सभा हलमा त ल्हो ल्होसार मूल आयोजक समितिका संयोजक राम ल्हेगे गुरुङको अध्यक्षता तथा कतारका लागी नेपाल सरकारका पर्यटन दूत राजेन्द्र कुमार शर्माको प्रमुख आतिथ्यतामा मनाइएको हो ।
   गुरुहरू नवीन टु गुरुङ (क्यब्री गुरु) र अशोक सर्बुजा गुरुङ  (पच्यु गुरुले “आशिमाला पढेर  देवी देवता कुल पित्रीलाई सम्झँदै कार्यक्रमको शुभारम्भ गरिएको थियो ।आयोजक संस्थाका दुई अध्यक्ष,प्रमुख अतिथि,संस्थाका प्रमुख संरक्षकहरू,सल्लाहकार गुरुहरू कृष्ण ल्हेगे तमु र नवीन टु तमु,लगायत विशिष्ट अतिथिहरूलाई तमुहरूको मौलिक पहिचान (फेटा) क्रेगीद्धारा सम्मान गरिएको थियो । गुरुङहरूको ल्हो आउने र जाने विधि अनुसार सप्र्हि ल्हो को बिदाइ  त-ल्हो को आगमन सगैं त-ल्हो वर्ग लाई रोग ब्याथा नलागोस् भनी रिपा समेत लगाइएको थियो ।
विधिगत रूपमा दीप प्रज्वलन गरेर समुद्घाटन सगैं तमु राष्ट्रिय राष्ट्रिय गान (तमु हयुल क्वोई) समेत रहेको थियो ।तमु (गुरुङ) समाजका अध्यक्ष दिनेश गुरुङले स्वागत मन्तव्य राखेको  ल्होसार कार्यक्रममा तमु सांस्कृतिक परिवारमा आबद्ध रहेका कलाकारहरूले स्वागत नृत्य पेस गरेका थिए ।
तमु समुदायको मौलिक संस्कृति र संस्कार झल्काउने कौडा चुट्का,सालैजो झ्याउरे, लाईभ दोहोरी,तमु क्युई,ल्होसारको खुसी र एकता झल्काउने विभिन्न सांगीतिक प्रस्तुति सगैं विविध मनोरञ्जनात्मक प्रस्तुतिहरूले रातको ८ बजे सम्म हलमा उपस्थित रहेका दर्शकहरू छमछमी नाचिरहे,अतिथि कलाकार कुशल थलाङ सहित झन्डै दुई दर्जन कलाकारहरूले एकल,सामूहिक तथा गायनमा प्रस्तुति राखेका थिए ।
आदिवासी जनजाति महासघंमा आबद्ध रहेका थुप्रै मातृ संस्थाहरू र पाल्पाली सेवा समाज कतारले भाइचाराको सम्बन्धमा थप बलियो बन्ने र दाजुभाइ तथा दिदीबहिनीको माया सम्मानमा थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्दै  समुदायमा चलिएको रीतिरिवाज,चालचलन,
धर्म संस्कृतिको समेत जगेर्ना गर्ने विश्वासका साथ आयोजक दुई संस्थालाई सामूहिक रूपमा कोसेली प्रदान गरेका थिए ।
गुरुङहरूले हरेक वर्ष छान्ने गरेको तमु राजा (म्रु) छेलो प्रतियोगितामा विजयी हासिल गर्ने व्यक्ति नै राजा हुने प्रचलन अनुसार यस वर्ष २२ प्रतिष्प्रर्धीलाइ पछी पार्दै दोर्दी गाउँपालिका वार्ड नं ५ लप्सीबोट लमजुङका सेनबहादुर गुरुङ राजाका रूपमा चयन भएका छन्  । गत शुक्रवार राजा छनोट भए पनि ल्होसार कार्यक्रम मार्फत उनलाई क्रेगी लगाइ सम्मान सहित प्रमाणपत्र  र मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।
प्रमुख अतिथि शर्मालाई स्टेजमै मायाको चिनो सहित सम्मान गरिएको थियो । सम्मान ग्रहण पछि बोल्दै शर्माले कतारजस्तो विदेशी भूमिमा पनि मौलिक संस्कृति जोगाउन गरिएको प्रयास र दुई संस्थाको संयुक्त आयोजनाले देखाएको एकता, समझदारी र सामूहिक भावनाले
भविष्यमा समेत अझ सशक्त सहकार्य कार्य गर्न सक्ने बताए ।
शर्माले समाज मिल्न सकेमा सकारात्मक कार्य सहित समाजलाई गतिलो पुष्टि गर्न सकिन्छ भन्ने यो गतिलो उदाहरण कतारमा रहेका अन्य संघ संस्थाहरूले पनि सिक्नै पर्नै जोड दिँदै कतारमा स्थापित नेपाली समुदाय र कतारमा रहेका नेपालीहरू लाई अङ्ग्रेजी नयाँ वर्ष २०२६ को शुभकामना समेत व्यक्त गरे ।
ल्होसारको कार्यक्रमको सञ्चालकमा धन तमु,फलेन्द्र तमु,रश्मि गुरुङ र सुजन गुरुङले मिलेर गरेका थिए । कार्यक्रमलाई समापन गर्दै अध्यक्ष राम तमुले गुरुङहरूको यो ऐतिहासिक तमु ल्होसार कार्यक्रमले हाम्रो संस्कार, संस्कृति र पहिचानलाई थप मजबुत बनाउनुका साथै  प्रवासमा रहेर पनि आफ्नो मौलिकता जोगाउनु हाम्रो साझा दायित्व रहेको बताए ।
उनले यो  कार्यक्रमले एकता, सहकार्य र सकारात्मक सन्देश दिएको प्रशंसा गर्दै राष्ट्रिय कार्यक्रमलाई प्रत्यक्ष,अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने कतारमा रहेका नेपाली समुदायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै, आगामी दिनहरूमा पनि यस्तै सहकार्य र एकताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रममा विभिन्न पारम्परिक पोसाक र भेषभुषामा सजिएका  करिब हजार दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?