ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

महिलाले बगाए खेतमा पानी, गाउँमा आशा

१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार

नवलपरासी, १९ पुस ।

गाउँका अधिकांश पुरुष वैदेशिक रोजगारी तथा अन्य पेसामा बाहिरिएपछि सुनवल नगरपालिका–२ का महिलाहरू अहिले गाउँकै विकासको अगुवाइ गरिरहेका छन् ।

खेतीपातीको जिम्मेवारी आफ्नै काँधमा आएपछि उनीहरू स्थानीय तुरिया खोलाको पानी प्रयोग गरी सिँचाइ नहर निर्माणमा सक्रिय रूपमा जुटेका छन् ।

मुखिया टोल नजिकैबाट बग्ने तुरिया खोलाको पानी लिफ्ट प्रणालीमार्फत खेतसम्म पु¥याउने उद्देश्यले नहर निर्माणको काम तीव्र रूपमा अघि बढिरहेको स्थानीय महिलाहरूले बताएका छन् ।

महिलाकै सक्रियतामा ‘तुरिया नमुना सिँचाइ जल उपभोक्ता समिति’ गठन गरी आयोजना कार्यान्वयन भइरहेको समितिकी अध्यक्ष धनमाया क्षेत्रीले जानकारी दिइन् ।

गाउँमा धान खेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले धान जोन घोषणा भई काम अघि बढिरहेको उल्लेख गर्दै अध्यक्ष क्षेत्रीले भनिन्, “जोनभित्रका अधिकांश कृषक महिलाहरू नै भएकाले खेतीयोग्य जमिन बाँझो नहोस् भन्ने लक्ष्यसहित हामी अघि बढेका हौँ ।” यस अभियानमा सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालको पूर्ण सहयोग रहेको उनले बताइन् ।

गाउँमा पुरुषको सङ्ख्या न्यून भएकाले उपभोक्ता समिति गठनदेखि खेतबारी व्यवस्थापनसम्म महिलाहरूले नै जिम्मेवारी सम्हाल्दै आएका छन् । उन्नत धान खेतीका लागि प्रधानमन्त्री कृषि यान्त्रीकरण परियोजनाअन्तर्गत कार्यक्रम सञ्चालन हुने भएपछि महिलाहरूको उत्साह थप बढेको छ ।

“नगरप्रमुखले महिलाको नेतृत्वमा रहेको सहकारीमार्फत जिम्मेवारी लिन प्रोत्साहन गरेपछि हामी थप आत्मविश्वासी बनेका हौँ,” क्षेत्रीले भनिन् । धान खेतीका लागि सिँचाइ पहिलो सर्त भएको उल्लेख गर्दै उनले भनिन्, “वर्षा याम बाहेक सिँचाइको विकल्प नहुँदा परम्परागत खेतीमै सीमित थियौँ ।

विकल्प खोज्ने क्रममा चुरे पर्वत शृङ्खलाबाट बग्ने तुरिया खोलाको पानी लिफ्टमार्फत खेतमा पु¥याउने निष्कर्षमा पुग्यौँ ।”
हाल लिफ्ट निर्माणको काम भइरहेको र नहर निर्माणमा गाउँका सबै महिला कृषक जुटेको अध्यक्ष क्षेत्रीले जानकारी दिइन् । पहिलो चरणमा करिब एक किलोमिटर पक्की नहर निर्माण भइरहेको छ ।

यसमा स्थानीय महिलाहरूले २० प्रतिशत श्रमदान गरेका छन् भने आयोजना कार्यालयले ८० प्रतिशत लगानी गरेको छ । नहर निर्माणमा मात्रै करिब ३६ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

फागुन–चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो आयोजनाले करिब साढे तीन सय घरपरिवार लाभान्वित हुनेछन् । मुखिया टोलदेखि रजहवासम्म नहरको पानी पु¥याइनेछ ।

मेसिनबाट धान रोप्ने तयारी स्वरूप आवश्यक कृषि औजार, उपकरण, उन्नत बीउ र मलको व्यवस्थापनसमेत सहकारीमार्फत गरिएको छ ।

उन्नत प्रविधि र प्राविधिक सहयोगले महिलाहरू खेतीप्रति आकर्षित भएको अध्यक्ष क्षेत्रीको भनाइ छ । “धानको बजार सुनिश्चित भएकाले उत्पादन बढेपछि गाउँमै समृद्धि आउनेछ,” उनले भनिन् ।

नगरप्रमुख विमला अर्यालले महिलाहरूको सक्रियताले गाउँमा आत्मनिर्भरता बढ्ने बताइन् । “पुरुषले कमाउने र महिला घरमै बस्ने संस्कृतिको अन्त्य गर्दै महिलाहरूले उत्पादनशील भूमिकामा उदाहरणीय काम गरेका छन्,” उनले भनिन् ।

बालमैत्री नगरपालिकासँगै सुनवललाई महिला–मैत्री नगर बनाउने लक्ष्यका आयामहरूमध्ये यो महत्त्वपूर्ण कदम भएको उनको भनाइ छ । वडाध्यक्ष राजेन्द्र यादवले पनि महिलाको नेतृत्वमा कार्यक्रम सफलता उन्मुख रहेको बताए ।

तर दीर्घकालीन निरन्तरताका लागि संघ र प्रदेश सरकारको थप सहयोग आवश्यक रहेको उनले औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?