ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

अत्यधिक चिसोमा अनावश्यक रूपमा घरबाहिर ननिस्किनु: स्वास्थ्य मन्त्रालय

१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार

बुटवल-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यधिक चिसोमा अनावश्यक रूपमा घरबाहिर ननिस्किन अनुरोध गरेको छ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै चिसोका कारण स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले अनावश्यक रूपमा घरबाहिर ननिस्किन आग्रह गरेको हो।

मन्त्रालयका अनुसार जाडोयाम सुरु भएसँगै तापक्रम कम हुँदा शीतलहर, हुस्सु, कुहिरो र हिमपातजस्ता कारणले रुघाखोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने, शीताङ्क (हाइपोथर्मिया) का लक्षण देखिनेजस्ता समस्या बढ्ने गरेका छन्।

पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्दो वायु प्रदूषणले मुटु, फोक्सो र मस्तिष्कलगायत अंगमा गम्भीर असर पार्दै दम, क्यान्सरजस्ता दीर्घ रोगको जोखिम र मृत्युदरसमेत बढाएको मन्त्रालयले जनाएको छ।

‘जाडोयाममा विशेषतः बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई जोखिम बढी हुने हुनाले जोखिमका कारण उत्पन्न हुनसक्ने लक्षण वा रोगलाई न्यूनीकरण गर्न तथा जाडोयाममा न्यानो रहन, धुवाँ–धुलोबाट बच्न, पोषणयुक्त सन्तुलित खाना खान, न्यानो लुगा लगाउने, भिटामिन–सी पर्याप्त मात्रामा भएका फलफूल (सुन्तला, कागती, अमला), मौसमअनुसारका ताजा फलफूल तथा सागसब्जी पर्याप्त मात्रामा खाने, सरसफाइमा ध्यान दिने, प्रशस्त मात्रामा झोल पदार्थ खाने र अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन मन्त्रालय अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

चिसोका कारण देखिने समस्याहरू रहिरहे वा बढेमा जिल्ला नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा हेलो स्वास्थ्य कल सेन्टर १११५ बाट परामर्श लिन पनि मन्त्रालयले सबैलाई अनुरोध गरेको छ।

मन्त्रालयले जाडोयाममा आगो ताप्दा, हिटर वा गिजर प्रयोग गर्दा पनि विशेष सावधानी अपनाउन चेतावनी दिएको छ।

‘राम्रो हावापास नहुने कोठामा यस्ता उपकरण प्रयोग गर्दा निस्कने रंग र स्वादरहित विषाक्त कार्बन मोनोअक्साइड ग्यास जम्मा भई गम्भीर स्वास्थ्य समस्या वा ज्यानसमेत जोखिममा पर्न सक्ने भएकाले आगो तथा ताप्ने उपकरण खुला र सुरक्षित स्थानमा मात्र प्रयोग गर्न, सुत्ने बेलामा निभाउन, ज्वलनशील सामग्री टाढा राख्न र गिजर बाथरुम बाहिर जडान गर्न मन्त्रालय आग्रह गर्दछ,’ विज्ञप्तीमा भनिएको छ।

यस्ता उपकरण प्रयोग गर्दा टाउको दुख्ने, चक्कर लाग्ने जस्ता लक्षण देखिएमा तुरुन्तै हावा आवत–जावत गराउन वा खुला ठाउँमा जान र समस्या रहिरहे वा बढिरहेमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्न पनि अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?