ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

थारु कला संस्कृतिलाई पर्यटनसँग जोडेर अघि बढाउनुपर्छः मुख्यमन्त्री आचार्य

१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार
दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत कला र संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्दै त्यसलाई व्यवसायिक रूपमा अघि बढाउन जरुरी रहेको बताएका छन् ।
थारु कल्याणकारिणी सभा दाङले शनिबार घोराहीमा आयोजना गरेको माघ सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले कला संस्कृतिलाई पर्यटनसँग जोडेर आम्दानीको माध्यम बनाउन सकिने बताएका हुन ।
उनले थारु समुदायका संस्कृतिहरू वर्षैभरि प्रस्तुत गर्ने र व्यवस्थित ढंगले विकास गर्नुपर्ने आवश्यकता औंल्याए । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने गरी कार्यक्रमहरू अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । थारु संस्कृति जोगाएर राख्ने समुदायप्रति उनले आभार समेत व्यक्त गरे ।
मुख्यमन्त्री आचार्यले थारु समुदायलाई राज्यको मूलधारमा ल्याउने उद्देश्यसहित प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारे ।
थारु समुदायको कला, संस्कृति, सभ्यता र परम्परालाई  सिकाइका लागि थारु संग्रहालयलाई उपयोग गरिएको बताए । प्रदेश सरकारको बजेटबाट थारु संग्रहालय निर्माण गरिएको जानकारी दिँदै उनले देशभरका थारु समुदायको भेषभूषा, संस्कृति र परम्पराबारे सिक्न सक्ने साझा केन्द्रका रूपमा संग्रहालय स्थापना गरिएको बताए ।
उनले  यसको संरक्षणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिए । भौगोलिक विविधताजस्तै समुदाय अनुसार कला र संस्कृतिमा रहेको विविधता नै लुम्बिनी प्रदेशको वैभव भएको उनको भनाइ थियो ।
महोत्सवमा पूर्व सांसद शान्ता चौधरी, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, थारु अगुवा चन्द्रबहादुर चौधरी  लगायतले शुभकामना  दिएका थिए ।
महोत्सवमा सात दर्जनभन्दा बढी मघौटा नाच, छोक्रा, हुर्डुङया नाच, ढुम्री गतिको प्रस्तुति राखिएको थियो। “आर्थिक जागरण र सांस्कृतिक रुपान्तरण हमार अभियान, समाजिक न्याय सहितके समृद्धिम हमार योगदान” भन्ने मुल नारा सहित आयोजना  गरिएको  महोत्सव उद्घाटनअघि घोराहीका मुख्य बजार क्षेत्रमा थारु मौलिक भेषभूषासहित थारु संस्कृतिको झाँकीसहित बजार परिक्रमा गरिएको  थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?