ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

मुक्तिनाथ एग्री फाइनान्स ३६० कार्यक्रम सम्पन्न

१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

बुटवल। मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ एग्री फाइनान्स ३६० कार्यक्रम सम्पन्न गरेको छ। बैंकको २०औं वर्ष प्रवेशको अवसरमा बैंकले कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि र किसानको दिगोपना अभिवृद्धि गर्ने उद्देश्यले एग्री फाइनान्स ३६० को आयोजना गरेको थियो।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले नेपाल सरकारको तर्फबाट कृषि क्षेत्रको समग्र विस्तार गर्न सबै सरोकारवालाहरुमा उत्प्रेरणात्मक वातावरण निर्माण हुनुपर्नेमा जोड दिए।

यसै सन्दर्भमा कृषि लगानी विस्तार तथा कर्जा गुणस्तर सुदृढ बनाउन क्रेडिट ग्यारेन्टी, वित्तीय साक्षरता, कृषि बीमा, मूल्य शृंखलामा समन्वय, सहकारी तथा निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमकिता दिने नीति र योजना बनाउन सकेमा मात्र कृषि क्षेत्रको ठोस विकास हुन सक्ने बारेमा प्रकाश पारे।

उनले महिला मैत्री कृषिको विकास गरिनु पर्ने, कृषिलाई प्रविधिसँग जोडेर युवा लक्षित स्वरोजगारीको व्यवस्था गर्नु पर्ने, साना किसानहरुलाई वित्तीय पहूँच अझै विस्तार गर्नु पर्ने र साना किसानहरुलाई स्तरोन्नति गर्ने कार्यमा हामी सबैले कदम चाल्नु पर्नेमा जोड दिए।

कृषि तथा पशुपंछी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले पहिले राज्य आफैले कृषि क्षेत्र विकासको लागि मूल्य श्रृङ्गखला विकास गर्ने प्रयास गरेको भएपनि सरकारले निजीकरणको नीतिगत व्यवस्थापछि निजी क्षेत्रले आआफ्‌नै तवरले कार्य गर्न थालेको बताए। त्यसो हुँदा पूर्ण मूल्य श्रृङ्खला तोडिन पुगेको र अब बैंक तथा वित्तीय संस्थाहरुले नै कृषि सम्बन्धी आफ्‌नै सहायक कम्पनीहरु खोल्न सुझाव दिए।

उक्त कार्यक्रममा बैंकिङ्ग विशेषज्ञ अजय श्रेष्ठले “नेपालमा कृषि उद्यम लगानीको चुनौती र अवसरहरु”  विषयमा प्रस्तुति दिएका थिए। उहाँले कृषि ऋणमा उच्च जोखिम, कमजोर कर्जा गुणस्तर, उत्पादनशीलता र मूल्य शृंखलामा संरचनागत कमजोरीलाई प्रमुख चुनौतीका रूपमा औंल्याए। हालको तथ्याङ्कले कृषि उत्पादकत्व खासै बढ्न नसकेको तर वृद्धिको लागि धेरै सम्भावनाहरु रहेको भन्दै अन्य देशको डाटालाई तुलना गरी प्रस्तुत गरेका थिए।

सोही कार्यक्रममा प्यानल छलफलको पनि आयोजना गरिएको थियो । प्यानल छलफल “नेपाल कृषि उद्यमहरुमा कसरी फस्टाउन सक्छ?” शीर्षकमा भएको थियो ।

उक्त छलफलको बैंकिङ्ग विशेषज्ञ भुवन दाहालले सहजीकरण गरेका थिए भने वक्ताको रुपमा नेपाल राष्ट्र बैंक, नियमन विभावका कार्यकारी निर्देशक रामु पौडेल, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग, नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्रका अध्यक्ष डिबि बस्नेत, तथा कृषक तथा कृषि उद्यमी बिमला आचार्य दहाल थिए।

कार्यक्रममा नेपाल सरकारको कृषि सम्बन्धी निकायहरु, कृषि क्षेत्रमा कार्य गर्ने गैरसरकारी संस्थाहरु, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कृषि कर्जा प्रमुख, कृषि गर्ने बीमा कम्पनीहरु, विश्वविद्यालयका कृषि विषयका प्राध्यापकहरु तथा अनुसन्धानकर्ताहरु, कृषि बजार केन्द्र, निजी क्षेत्र, कृषि सहकारी, कृषि उद्यमी, विज्ञलगायत करिव ३५० जनाको सहभागिता रहेको थियो।

बैंकको सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा बैंकका सञ्चालक उमेश कुमार आचार्यले स्वागत गरेका थिए भने  सारसंक्षेप टिप्पणी प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले गरेका थिए। उक्त कार्यक्रममा कृषि सचिव राजेन्द्र प्रसाद मिश्र, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विश्रुत थापा र नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलले बोलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?