ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

लुम्बिनी प्रदेशमा आत्महत्याको क्रम बढ्दो, ३ वर्षमा ३ हजार ८ सयले गरे आत्महत्या

१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

दाङ । दाङका एक स्थानीयको परिवार आजभोलि शोकमा छ । केही दिन अघिसम्म खुशीयाली र रमाइलोको वातावरण रहेको परिवारमा अचानक १९ वर्षको छोराले औषधि सेवन गरी आत्महत्या गरेपछि परिवार शोकमा छ।

छोराले राम्रो पढाईलेखाइ गरोस् भन्ने चाहनासहित दुःखसुख गरेर छोरालाई घोराहीमा २ वर्षदेखि डेरामा राखेर पढाइरहेका थिए। अचानक छोराको आत्महत्याको खवरले परिवार स्तब्ध भयो।

घोराहीमा डेरामा बस्दै आएकी एक युवतीले गत बैशाखमा आत्महत्या गरिन्। घर परिवारले पढ्न पठाएको छोरी मायाजालमा परेर आफूलाई सम्हाल्न नसक्ने भएपछि आत्महत्या गरेकी थिइन्। छोरी गुमाउँदा उनका अभिभावक मानसिक तनावमा छन्।

दाङमा आत्महत्याका घटना बढेकोे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिए। उनका अनुसार गत भदौ महिनामा २३ जनाले आत्महत्या गरेका थिए।

दाङमा मात्र होइन, लुम्बिनी प्रदेशमै आत्महत्याको क्रम बढ्दो छ। लुम्बिनी प्रदेशमा आत्महत्याका घटनामा वृद्धि भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता शारदाप्रसाद चौधरीले जानकारी दिए।

उनका अनुसार लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७९/०८० मा १ हजार २ सय ७५ जनाले आत्महत्या गरेका छन्। त्यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा १ हजार २ सय ८७ जनाले आत्महत्या गरेका छन् भने आर्थिक वर्ष २०८१/०८२ मा १ हजार ३ सय जनाले आत्महत्या गरेका छन्। आर्थिक वर्ष २०८२/२०८३ को चार महिनामा ४ सय ५० जनाले आत्महत्या गरेका छन्।

यसरी आत्महत्या गर्नेमा सबैभन्दा धेरै १५ देखि ५० वर्ष उमेर समूहका मानिस छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद र नेपाल प्रहरीको प्रतिबेदन २०८१/०८२ अनुसार नेपालमा औषत १८ देखि १९ जनाले आत्महत्या गर्ने गर्छन्।

‘आत्महत्या गर्नुको प्रमुख कारण डिप्रेसन हो, जुन उपचारबाट सत प्रतिशत निको हुन्छ, तर हामीकहाँ अझै पनि मानसिक समस्यालाई लुकाउने, धामीझाक्री कहाँ जाने र अन्तिम अवस्थामा मात्र अस्पताल आउने प्रवृति छ।’

गत आर्थिक वर्षमा नेपालमा ६ हजार ८ सय ६६ जनाले आत्महत्या गरेका छन्। त्यसमध्ये बालबालिकाको संख्या ८ सय ५४ छ। यस्तै, महिला २ हजार ३ सय ८ जना छन् भने पुरुषको संख्या ३ हजार ७ सय ४ रहेको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देही र दाङमा सबैभन्दा धेरै आत्महत्याका घटना भएका छन्। यी जिल्लाहरुमा वर्षेनी आत्महत्याका घटनाहरु बढ्दै गएका छन्।

नेपाल प्रहरीको अध्ययन, २०८१ अनुसार आत्महत्याको सबैभन्दा प्रमुख कारण मानसिक तनाव हो। व्यक्तिले आप्mा्‌नो समस्या कसैसँग व्यक्त गर्न नसक्नु र महत्वाकांक्षा बढेका कारण आत्महत्या गर्ने गरेको विज्ञहरु बताउँछन्।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मनोचिकित्सक डा. अजय कुमार मिश्रका अनुसार लुम्बिनी प्रदेशमा आत्महत्याको ग्राफ उकालो लाग्नुको मुख्य जड सचेतनाको कमी र उपचारमा पहुँचको अभाव हो।

उनी भन्छन्,‘आत्महत्या गर्नुको प्रमुख कारण डिप्रेसन हो, जुन उपचारबाट सत प्रतिशत निको हुन्छ, तर हामीकहाँ अझै पनि मानसिक समस्यालाई लुकाउने, धामीझाक्री कहाँ जाने र अन्तिम अवस्थामा मात्र अस्पताल आउने प्रवृति छ।’

बढ्दो आत्महत्याका घटनाहरुलाई न्यूनीकरण गर्न स्थानीय रुपमा परामर्श केन्द्रको स्थापना गरी सेवा प्रदान गर्ने, विद्यालय तहबाट नै क्लिनिकल साइकोलोजिस्टको सेवा अनिवार्य गरिनुपर्ने उनले बताए।

उनले भने–‘ मानसिक रोग पनि अन्य रोग जस्तै हो समयमै उपचार गरेमा पूर्ण निको हुन्छ भन्ने कुरामा सचेतना विकासका कार्यक्रमहरु सञ्चालन गराउनुपर्छ।

पुरुषले आफ्नो समस्या खुलेर व्यक्त गर्न नसक्ने भएकाले पुरुषमा मानसिक रोगको समस्या बढेको देखिन्छ।’ त्यसैले उनीहरुलाई लक्षित गरी सामुदायिक परामर्श कार्यक्रम सञ्चालन गर्नु पर्ने उनले जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?