Butwal Today

लुम्बिनीमा छैटौँ माघी खिचडी महोत्सव हुने

१८ पुष २०८२, शुक्रबार
अ+
अ-

लुम्बिनी ।

भगवान् गौतम बुद्ध जन्म स्थल लुम्बिनीमा  थारु आदिवासी युवा सङ्घले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० महिलवार बजारमा यही माघ ३ गते छैटौँ माघी खिचडी महोत्सवको तयारीबारे जानकारी गराउन आज पत्रकार सम्मेलनको आयोजना गरेको छ।

सम्मेलनमा सङ्घका अध्यक्ष सुनिल थारु चौधरीले माघी पर्व थारु समुदायको पहिचान, संस्कृति र भेष भूषा सामाजिक एकताको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

थारु चौधरीले माघी पर्व नयाँ वर्षको सुरुवात मात्र नभई आत्मसम्मान, श्रमको सम्मान र समुदायभित्र आपसी मेलमिलापको प्रतीक भएको बताए ।  महोत्सवमा परम्परागत थारु खिचडी, मौलिक खानाका परिकार, सांस्कृतिक नाचगान, भेष भूषा प्रदर्शन तथा स्थानीय कला संस्कृतिको प्रस्तुति रहने जानकारी गराए ।

पत्रकार सम्मेलनमा सङ्घका उपाध्यक्ष मिरा देवी चौधरीले बोल्दै छैटौँ माघी खिचडी महोत्सवको थारु समुदायको मौलिक संस्कृति संरक्षण र प्रवर्द्धन गर्नुका साथै युवालाई आफ्नो पहिचानप्रति गर्व गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे। साथै, सबै जाति–समुदायलाई महोत्सवमा सहभागी भई थारु संस्कृतिको स्वाद र आत्मीयता अनुभूति गर्न अनुरोध गरिन् ।

छैटौँ माघी खिचडी महोत्सवमा मुख्य आकर्षकहरुः खानाका परिकारहरू ढिक्री, घोगी ९घोंघ माछाका परिकार लोकल कुखुराको मासु, तरकारीका परिकार, अचार ,चटनी, दही,सांस्कृतिक नाचगानमा, झुमरा नाच गान, बिरहा, मयुर नाच, लाठी नाच, बैन्ड बाजा ढोल, झ्याली , नगडा, बाँसुरी, डान्स र साथ साथै भेष भूषामा झुम्का, बुलाकी, , हातमा चुरा ,कम्मरमा पेटी, फरिया, चोली, ओढ्नी, कडा पछेडा, हसुलीहरु प्रदर्शन रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?