© 2026
काठमाडौँ ।
कतार सरकारले जेलमा रहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ । कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा ती नेपालीलाई आममाफी प्रदान गरिएको हो ।
यसैबिच परराष्ट्र मन्त्रालयले कतार सरकारले नेपाली कैदीलाई आममाफी दिएकोप्रति आभार व्यक्त गरेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मानवीय आधारमा प्रदान गरिएको यस आममाफीलाई नेपाल–कतार बिच विद्यमान द्विपक्षीय सम्बन्ध, मित्रता र सौहार्द्यताको गहिरो अभिव्यक्तिका रूपमा लिइएको उल्लेख छ ।
यस्तो उदार कदमले दुवै देशबिचको आपसी समझदारी, सहयोग तथा मित्रवत् सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा मन्त्रालयले व्यक्त गरेको छ ।