© 2026
बुटवल । अग्रेजी नया वर्षको अवसरमा आयोजना गरिएको बुटवल सडक खाना महोत्सव साढे २ करोडको कारोबार गरि समापन भएको छ ।
बुटवल उमहानगरपालिकाको संरक्षकत्व तथा रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको आयोजनामा ३ दिने सडक महोत्सव विहिबार राती सम्पन्न भएको हो ।
एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले कालिकापथलाई रात्रीकालिन बजारको रुपमा विकास गर्न जरुरी रहेको कुरा पुष्टि भएको बताईन।
कार्यक्रममा संघका अध्यक्ष माधव कुमार खनालले नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको सम्मान गर्दै आन्तरिक पर्यटन प्रवद्र्धन, विकास र रोजगारी सृजना गर्न यस्ता महोत्सव सफल हुने भन्दै कार्यक्रमलाई निरन्तरता दिने बताए ।
महोत्सवमा राखिएका स्टलहरुमध्ये साजसज्जा, संस्कृति पहिचानका खानाका परिकारका हिसाबबाट उचडिहवा स्वालम्बन महिला समुह प्रथम, समयवजी भ्वय बुटवल वडा नं. ३ दोस्रो तथा अर्घाखाँची क्याटरिङ एण्ड पार्टी प्यालेस तेस्रो भएको संघका प्रमुख सल्लाहकार तथा अनुगमन समितिका संयोजक माधव प्रसाद नेपालले घोषणा गरे ।
यसैगरि न्यू स्वाद गोलपार्क, मगरी खाजाघर र सैनामैना थारु परिकार सान्त्वना एवं सामाजिक उत्तरदायित्वमा उत्कृष्ट योगदानको सम्मानबाट पहिलो पाईला नेपाल र मारवाडी महिला मंच बुटवललाई सम्मानित गरिएको संघका निवर्तमान अध्यक्ष भण्डारीले बताए ।
तीन दिनसम्म चलेको महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुतीमा दर्शकहरु झुमेको संघका पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डेले बताए । महोत्सवमा प्रकाश सपुत, पुष्कल शर्मा, शान्तिरानी परियार, खुमन अधिकारी, शिलु भट्टराई, नारायण विपी परियार, अनु राना लगायत राष्ट्रिय र स्थानिय गायक तथा विष्णुजी पाण्डे माईलाबा, पुर्खेबा, उज्जवल गिरीसहितका हास्यकलाकारहरुको प्रस्तुतीहरु रहेको संघका महासचिव केशवराज कंडेलले बताए । ढाई लाख दर्शक तथा ढाई करोड रुपैया बराबरको कारोबार भएको संघका कोषाध्यक्ष अर्जुन पोखरेलले बताए ।