Butwal Today

समकक्षता साउन १ देखि यूजीसीले प्रदान गर्ने

१८ पुष २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

तीन दशकदेखि त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले स्वदेशी तथा विदेशी विद्यार्थीलाई दिँदै आएको ‘समकक्षता’ आगामी साउन १ देखि विश्वविद्यालय अनुदान आयोग (यूजीसी) मार्फत उपलब्ध गराइने भएको छ ।

सरकारले सम्बन्धित ऐन केही संशोधन गर्दै समकक्षता साउन १ देखि यूजीसीबाट प्रदान गर्ने निर्णय गरेको हो ।

यसअनुरूप आयोगका सदस्य प्राडा योगेन्द्रबहादुर गुरुङको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेर समकक्षता सम्बन्धी कार्यविधि तथा नीति बनाउने काम सुरु गरिएको छ ।

सोही तयारीका लागि आयोगले सरकारसँग थप २३ कर्मचारी माग गरेको छ ।

समकक्षता स्वदेश तथा विदेशमा हासिल गरिएको उच्च शिक्षालाई नेपालमा थप अध्ययन र काम गर्न योग्य ठहर गर्न आवश्यक पर्छ । यसमार्फत विदेशी विश्वविद्यालयहरूमा प्राप्त शिक्षा नेपालमा सुहाउँदो छ वा छैन भन्ने स्तर निर्धारण गरी समकक्षता प्रदान गरिनेछ ।