Butwal Today

निर्वाचनका लागि ४ करोड मतपत्र छापिँदै

१८ पुष २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका लागि करिब ४ करोड मतपत्र छाप्ने तयारी गरेको छ ।

आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायण प्रसाद भट्टराईले मतपत्र छाप्ने संख्या र तयारीबारे जानकारी दिएका छन् । उनका अनुसार छापिएपछि मतपत्र फागुन १० गतेसम्म सम्बन्धित सबै जिल्लामा पठाइसक्ने लक्ष्य लिइएको छ ।

तर मतपत्रको साइज अझै अन्तिम रूपमै टुङ्गो नभएकाले छपाइ खर्च कति लाग्छ भन्ने विषयमा अहिले यकिन गर्न नसकिने आयोगले जनाएको छ ।

भट्टराईले प्रत्यक्षतर्फको मतपत्र निर्वाचन क्षेत्रअनुसार फरक–फरक हुने बताए । समानुपातिकतर्फको मतपत्र भने सेतो कागजमा कालो मसी प्रयोग गरी छापिने निर्णय भएको छ । तर प्रत्यक्षतर्फको मतपत्रको रङ्ग र ढाँचाबारे निर्णय अझै हुन बाँकी रहेको छ ।